कञ्चनपुर

नेकपा एमाले नेपाल पक्ष निकट अनेरास्ववियू कञ्चनपुरबाट २५ जना विद्यार्थी नेताहरु अनेरास्ववियूको केन्दीय सदस्यमा चयन भएका छन ।

कञ्चनपुरबाट रमेश पन्त, टेक थापा, प्रज्वल कुँवर, रोहित गजुरेल, हिमेश थापा, नितेश भट्ट, टिकाराम तिवारी, भुवन बडूवाल, पुष्पा ढकाल, मोहनदेव जोशी शिवा बस्नेत लगायत रहेका छन ।

अनेरास्ववियू नेपाल पक्ष कञ्चनपुरका नेता रमेश पन्तले केन्दीय संगठनले दिएको जिम्मेबारी सबै नेताहरुले निर्भिकताका साथ पुरा गर्ने बताए । उनले कञ्चनपुरमा समेत संगठनलाई चुस्त दुरुस्त बनाईने बताए ।






