कञ्चनपुर
कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ६ हल्दुखाल स्थित श्री राम जानकी तथा सिद्यनाथ बैजनाथ मन्दिर संरक्षण समितिका उपाध्यक्ष नन्द राज भट्टको यहि बैशाख ३ गते निधन भएको छ । वसन्तीय नवरात्रको समयमा बैतडी जिल्लाको दोगडा केदार गा.पा.स्थित पवित्र द्यौलेक केदार धाम दर्शन गर्न जाने सिलसिलामा बाटोमा हृदयघातका कारण उहाँको निधन भएको हो ।


परिवारका सदस्य संगै पवित्र द्यौलेक धाममा लाखबत्ती प्रज्ज्वलनसंगै भक्तिमय पुजाका लागि उहाँ सहितको टोली त्यस तर्फ जान लागेको थियो । पुख्र्यौली घर बैतडी दोगडा केदार गा.पा. ४ पिपलकोट भएका भट्टको हालको बसाइ भीमदत्त न.पा. ६ हल्दुखालमा रहेको छ । २०७७ साल फाल्गुन ८ गते सम्पन्न राम जानकी तथा सिद्यनाथ बैजनाथ मन्दिर संरक्षण समितिको १५ औँ साधारण सभाबाट उहाँ उपाध्यक्ष चयन हुनु भएको हो ।

मन्दिरका पुजारीको अनुपस्थीतिमा दिवंगत भट्ट पुजापाठ समेत गर्नु हुन्थ्यो । २ छोरी र १ छोराका पिता स्व. भट्ट ६० को दशकमा चलिरहनु भएको थियो । धार्मिक ,सामाजिक कार्यमा विशेष रुची राख्ने भट्टको निधनबाट समाजलाई अपुरणीय क्षती भएको मन्दिर संरक्षण समितिका पुर्व सचिव अमित प्रसाद भट्टले बताउनु भयो ।







