कञ्चनपुर ,
सुदुरपश्चिम् प्रदेश सरकार मन्त्री परिषदको निर्णय बाट सुदुरपश्चिम् प्रदेश खेलकुद परिषदको सदस्य पदमा कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेलाैरी वडा न. १० शिवनगरका युवा खेलप्रेमी झलक शाह मनोनीत भएका छन् ।

खेल जगतमा अब्बल युवा नेता समेत रहेका शाहलाई अाज मन्त्री परिषद्को निर्णयले मनोनीत गरेको बेलडाँडीका युवा नेता नरेन्द्र बिष्टले जानकारी दिनु भयो ।

खेल क्षेत्रमा राज्यबाट हेपाहाको दृष्टिकोणमा रहेको क्षेत्रबाट यसरी मनोनीत गरि यश क्षेत्रलाई खेलकुदमा समेट्न खोजेको प्रति प्रदेश सरकारलाई वहाँले धन्यवाद ब्यक्त गर्नु भयो ।
यसरी सुदुरपश्चिम प्रदेश खेलकुद परिषदको सदस्य सचीवमा दिपक बहादुर सिंह नियुक्त भएका छन ।

कैलाली जिल्ला खेलकुद बिकास समितीका पुर्व अध्यक्ष समेत रहेका सिंह प्रदेश खेलकुद परिषदको सदस्य सचीवमा नियुक्त भएका हुन । शनिवार बसेको मन्त्री परिषदको बैठकले सिंह लाई नियुक्त गरेको हो । भोलि विहान ११ बजे सपथ ग्रहण गर्ने कार्यक्रम रहेको सामाजिक मन्त्रालय स्रोतले जनाएको छ ।






