कञ्चनपुरमा सिद्ध आमश्र निर्माणका लागि सहयोगसंग सासद सिहलाई ज्ञापन


कञ्चनपुर: सुदूरपश्चिम प्रदेश कञ्चनपुरको महेन्द्रनगरमा हिन्दुधर्मालम्बीहरुका लागि सिद्ध आश्रम बनाउन माग अघि सारिएको छ । भीमदत्त नगरपालिका ४महेन्द्रनगरमा हिन्दुधर्मालम्बीहरुका लागि सिद्ध आश्रम बनाउन माग अघि सारिएको हो ।

सिद्धनाथ मन्दिर सरक्षण समितिले सत्ताधारी दल राष्ट्रिय स्वतन्त्र पाटी(रास्वपा)का नेता एव सासद डा. अमरेश कुमार सिहलाई भेटेरै सिद्ध आश्रम बनाउन स्रोत जुटाईदिन आग्रह गरेका छन ।
घरसायी कामकाजका लागि महेन्द्रनगर ससुराली आईपुगेका सासद सिहलाई सिद्ध आश्रम बनाउन बजेटका लागि आग्रह गरिएको जनाईएको छ ।

सिद्धनाथ मन्दिर सरक्षण समितिका सदस्य भुवन कुँवरले सत्ताधारी दलका सासद भएकाले भेटेरै ज्ञापन पत्र बुझाउँदै महेन्द्रनगरमा आउने यहाँबाट अन्यत्र जाने धार्मिक तिर्थालुहरुलाई बस्नका लागि आश्रम आवश्यक भएकाले सहयोगका लागि आग्रह गरिएको बताए ।

भेटमा मन्दिरका अध्यक्ष कैलास भट्ट, महासचिव सिके भट्ट, कोषाध्यक्ष चेतराज जोशी, सदस्य भुवन कुँवर, नेकपा नेता लोकराज जोशी सहितका मन्दिरका पदाधिकारी सदस्य यहाँका अगुवाहरुले कञ्चनपुरको धार्मिक पर्यटन बृद्धि विकासका लागि सासद सिहको ध्यानाकर्षण गराएका छन । सासद सिहले आफुले सरकार सहितका विभिन्न निकायमा कञ्चनपुरको धार्मिक पर्यटन सहितका सबै खाले विकासका लागि प्रतिबद्ध रहेको आश्वासन दिलाएका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img