तातो हावाको लहर (लू) प्रतिकार्यको लागी दोधारा चाँदनीमा बिभिन्न सहयोग तथा सचेतनामुलक कार्यक्रम


कञ्चनपुर । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को ‘समुदायका लागि जलवायु उत्थानशील (सिआरसी)’ परियोजनाले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका क्षेत्रमा तातो हावाको लहर (लू) प्रतिकार्य कार्यक्रमका गतिविधिहरु सञ्चालन गरिरहेको छ् । कार्यक्रम अन्तर्गत समुदायका ‘लू’ बाट बच्ने उपाय र सार्वजनिक स्थानमा खानेपानी वितरण तथा सचेतनामुलक कार्यक्रमहरु सञ्चालमा छन् । गर्मीयाममा असामान्य रुपमा अत्यधिक तापक्रम बढी तातो हावा चलेको अवस्थालाई तातो हावाको लहर वा ‘लू’ भनिन्छ् । बढी गर्मीका कारण थकान र कमजोरी महसुस हुने, चक्कर लाग्ने, बेस्सरी टाउको दुख्ने, वाकवाकी लाग्ने, हातगोडा बाँउडिने, हातगोडा वा अनुहार सुन्निने र बेहोस हुने, मुटुको धड्कन बढ्न सक्ने हुन्छ् । साथै छाला सुक्खा र रातो हुने, पिसाबको रङ पहेंलो हुने, श्वास फेर्न गाहे हुने र रक्तचाप कम हुने, एक सय चार डिग्री फरेनहाइट भन्दा बढी ज्वरो आई बिरामी बेहोस हुने वा कोमाको लक्षण देखिन सक्छ् ।

परियोजनाले सीमान्तकृत समुदाय लक्षित गरी बिभिन्न प्रकारको सहयोग र ‘लू’ सम्बन्धी जनचेतनाका गतिविधीहरु सञ्चालन गरिरहेको ‘समुदायका लागि जलवायु उत्थानशील (सिआरसी) ले जनाएको जनाएको छ् । ‘लू’ बाट जोगिने उपायका बारेमा समुदायलाई पूर्व सचेत जगाउन आवश्यक रहेको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को ‘समुदायका लागि जलवायु उत्थानशील’ परियोजनाका कार्यक्रम संयोजक महेश घिमिरेले बताउनुभयो ।

जलवायु परिवर्तनका कारण तापक्रम बढ्ने क्रम जारी रहेको उहाँले बताउनुभयो । विश्वव्यापी समस्याका रुपमा रहेको तातो हावा ‘लू’ को प्रतिकार्यका लागि सम्बन्धित सबै पक्षको सहकार्य र समन्वय आवश्यक रहेको कार्यक्रम संयोजक घिमिरे बताउनुभयो । कञ्चनपुरमा हिट एक्सनका क्षेत्रमा स्थानिय सरकारको सहयोगीको रुपमा परियोजनाले प्रतिकार्यका विभिन्न गतिविधिहरु सञ्चालन गरिरहेको ‘समुदायका लागि जलवायु उत्थानशील’ परियोजनाले जनाएको छ् ।


Loading Viewer...

ताजा समाचार

spot_img