कञ्चनपुर : महाकाली बहुप्राविधिक शिक्षालयका निर्देशक परमल सिह साउद दिगो तथा सम्मानित रोजगारीका लागि सीप (ईन्स्युअर परियोजना निर्देश समिति) सदस्यमा मनोनित भएका छन । सुदूरपश्चिम प्रदेश सरकार समाजिक विकास मन्त्रालय मातहत रहेको उक्त दिगो तथा सम्मानित रोजगारीका लागि सीप (ईन्स्युअर परियोजना निर्देशक समिति) सदस्यमा निर्देशक साउद मनोनित भएका हुन ।

कञ्चनपुर भीमदत्त नगरपालिका ४ महेन्द्रनगरको महाकाली बहुप्राविधिक शिक्षालयका निर्देशक साउद उक्त परियोजना सदस्यमा मनोजित भएको जनाएको छ । महाकाली बहुप्राविधिक शिक्षालयको स्थापनाकालदेखि निर्देशक भएर प्राविधिक शिक्षामा भूमिका निर्वाह गर्दैै आएका साउदले आफुलाई पाएको जिम्मेबारी निर्भिकताका साथ पुरा गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।







