कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नं. ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वडा भेला सम्पन्न भएको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वडा भेला सफलतापुर्वक सम्पन्न भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दोधारा चाँदनीका नगर सभापती पुरन कुमालले जानकारी दिनुभएको छ् । भेलामा पार्टीको संगठन विस्तार, स्थानिय तहमा जनआधार मजबुत बनाउने र आगामी निर्वाचनलाई लक्षित रणनीति बारे छलफल गरिएको रास्वपा दोधारा चाँदनी नगर सभापती पुरन कुमालले बताउनुभयो । वडामा संगठन बिस्तार गर्ने क्रममा बिरेन्द्र भण्डारीको सभापतित्वमा ११ सदस्यीय रास्वपा दोधारा चाँदनी– ६ वडा कमिटि गठन गरिएको सभापती पुरन कुमालले बताउनुभएको छ् ।


पुरानो राजनितिक अभ्यास प्रति जनतामा बढ्दो निराशा रहेको र त्यसको विकल्पका रुपमा राष्ट्रिय स्वतन्त्र पार्टीप्रति आकर्षण बढ्दै गएको सभापती कुमालले बताउनुभयो । अब राजनीति भाषण र आश्वासनमा सीमित नरहेर जवाफदेहिता, पारदर्शिता र जनमुखी सेवामा केन्द्रित हुनुपर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा सहभागी स्थानीयवासीहरुले पनि नयाँ राजनीतिक शक्तिलाई अवसर दिनुपर्ने धारणा ब्यक्त गरेका छन् ।

वडा भेलाले पार्टी प्रति बढ्दो जनविश्वास र प्रवेशको लहरलाई स्पष्ट रुपमा देखाएको कार्यक्रममा रास्वपाका नेताहरुले बताएका छन् । पार्टीले आगामी दिनमा पालिकाका अन्य वडाहरुमा पनि यस्ता भेलाहरु निरन्तर आयोजना गर्दै संगठन बिस्तार गर्दै जाने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दोधारा चाँदनी नगर कमिटिले जनाएको छ् ।

कार्यक्रममा नव निर्वाचित रास्वपाका वडा कमिटिलाई अबिर लगाएर स्वागत गरिएको थियो ।






