कञ्चनपुर: बिवाहमा गएका कञ्चनपुरका एक युवकको हत्या भएको छ । पुर्नवास नगरपालिका ५ भानुबस्तीका १८ बर्षिया उज्जल सायरको हत्या भएको हो । गयराती सायरमाथि धारिलो हतियार प्रहार भएको प्रहरीले जनाएको छ ।

कञ्चनपुरका प्रहरी प्रवक्ता हेम बहादुर शाहीले छिमेकीको बिवाहमा गएका युवाहरुविच आपसी वाद विवाद भएपछि अर्को समुहका युवाहरुले सायरमाथि घारिलो हरियार प्रहार गरिएको बताए ।

हरियार प्रहारबाट गम्भिर घाईते भएका सायरको उपचारकै क्रममा धनगढीको मायामेट्रो अस्पतालमा मृत्यु भएको बताए । मृतकका घर परिवार आफन्तले घटनामा संलग्न सबैमाथि कानुनी कार्बाहीको माग अघि सारेका छन । प्रहरी प्रवक्ता शाहीले घटनामा संलग्न भएको आशकामा दुई युवक नियन्त्रणमा लिएको र उनीहरुसग सोधपुछदेखि अनुसन्धान भईरहेको बताए ।

सायर परिवारमा बिवाहमा गएको छोरा अब कहिल्यै नफर्किने भएपछि घरपरिवार, आफन्त शोकमा डुबेका छन । समाजिक कार्यमा पनि युवाहरुविचको यो घटनाले समाजलाई त्रसित बनाएको छ ।






