कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य महताद्वारा चौधर नदीले बस्तीमा पुर्‍याउने जोखिमबारे स्थलगत अनुगमन


कञ्चनपुर : कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र सिंह महताले आइतबार चौधर नदीले बस्तीमा पुर्‍याउने जोखिमबारे स्थलगत अनुगमन गर्नुभएको छ। नदी कटान र बाढीबाट स्थानीय बस्तीमा हुनसक्ने क्षतिको अवस्थाबारे जानकारी लिँदै उहाँले जोखिम न्यूनीकरणका उपायबारे चासो व्यक्त गर्नुभएको छ।

त्यसैगरी, आरक्ष क्षेत्रसँग जोडिएका बस्तीमा बर्सेनि जङ्गली हात्तीले स्थानीयलाई पुर्‍याउँदै आएको समस्याका विषयमा सांसद महताले स्थानीयसँग छलफल गर्नुभएको छ। छलफलका क्रममा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण तथा दीर्घकालीन समाधानका उपायबारे समेत चर्चा भएको छ।

यता, भिमदत्त नगरपालिकाका विभिन्न वडाहरूमा सांसद महता स्थानीयसँग निरन्तर भेटघाटमा जुट्नुभएको छ। जनताका गुनासा, समस्या र आवश्यकताबारे प्रत्यक्ष जानकारी लिँदै उहाँ समस्या समाधानका लागि पहल गर्दै समस्या टिप्दै अघि बढिरहनुभएको छ।


ताजा समाचार

spot_img