कञ्चनपुर : कञ्चनपुरका युवा पत्रकार महादेव अवस्थीलाई आर्थिक पत्रकारिता पुरस्कार पाईएको छ । कञ्चनपुर उद्योग वाणिज्य सघले पत्रकार अवस्थीलाई आर्थिक पत्रकारिता पुरस्कार प्रदान गरेको छ । आईतबार संघको ३४औँ बार्षिक साधारण सभाको अवसरमा पत्रकार अवस्थीलाई दोसल्ला, नगदका साथै प्रमाण पत्र प्रदान गरिएको छ । नेपाल उद्योग वाणिज्य महासघका केन्द्रीय अध्यक्ष चन्द्र प्रकास ढकाल, वाणिज्य संघका जिल्ला अध्यक्ष दिनेश मल्लले पत्रकार अवस्थीलाई नगद ५१सय, प्रमाणपत्र प्रदान गरेका हुन ।

आर्थिक क्षेत्रमा समाचार सम्प्रेषण गरेर अर्थव्यापारमा टेवा पु¥याएको भन्दै पत्रकार अवस्थीलाई पुरस्कार प्रदान गरिएको वाणिज्य संघका महासचिव राहुल भट्टले बताए । अन्नपुर्ण राष्ट्रिय दैनिक, राष्ट्रिय समाचार समिति(रासस) कञ्चनपुरका समाचारदाता अवस्थी दशक देखि पत्रकारिता क्षेत्रमा सकृय छन । नेपाल पत्रकार महासंघका साधारण सदस्य समेत रहेका पत्रकार अवस्थी आर्थिक, समसामयिक विषयमा विषय उठान गर्दै आएका छन ।

बेदकोट कञ्चनपुरका स्थानीय समेत रहेका पत्रकार अवस्थी अध्ययनसंगै पत्रकारिता गर्दै आएका छन । आर्थिक क्षेत्रमा कलम चलाउँदै आएका अवस्थीले पुरस्कारबाट थप कार्य क्षेत्रमा उत्साह थपिदिएको बताए । वाणिज्य संघले हरेक बार्षिक साधारण सभामा जिल्लाका एक पत्रकारलाई यसरी नै पुरस्कृत गर्दै आएको छ ।







