दोधारा चाँदनीमा ‘उपमेयर कप महिला भलिवल’ प्रतियोगिता सुरु, ७ बिद्यालय सहभागी


कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा उमपेयर कप महिला भलिवल प्रतियोगिता सुरु भएको छ् । दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देबी जोशीको कार्यक्रम तथा योजना अनुसार र शुदुरपश्चिम महिला जागरण उत्थान संस्था दोधारा चाँदनीको आयोजनामा बिद्यालय स्तरिय उमपेयर कप महिला भलिवल प्रतियोगिता सुरु भएको दोधारा चाँदनी नगरपालिका वडा नं. २ का वडाध्यक्ष पदम रावलले जानकारी दिनुभएको छ् । दोधारा चाँदनी नगरपालिकामा रहेका ७ वटा बिद्यालयहरुले प्रतियोगितामा सहभागिता जनाएको वडाध्यक्ष पदम रावलले बताउनुभयो ।

बिद्यार्थीहरुको खेलमा बिकास गर्न बिद्यालय स्तरिय उमपेयर कप महिला भलिवल प्रतियोगिता सुरु भएको वडाध्यक्ष पदम रावलले बताउनुभएको छ् । दोधारा चाँदनी नगरपालिकाले खेलकुदलाई उच्च प्राथमिकतामा राख्दै आएको उहाँको भनाई छ् । दोधारा चाँदनी नगरपालिका– २ खृलमैदानमा सुरु भएको प्रतियोगितामा बिजयता बिद्यालयलाई रु. ३१ हजार नगद र उपबिजयता बिद्यालयलाई रु. २१ ह्जार नगद धनरासी सहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने शुदुरपश्चिम महिला जागरण उत्थान संस्था दोधारा चाँदनीका खेल संयोजक रमेश चन्दले बताउनुभएको छ् ।

प्रतियोगिताको उद्धघाटन खेलमा नोवेल एकेडेमी र भानु बहुमुखी क्याम्पसको बिच प्रतिष्प्रधा भएको थियो ।

 


ताजा समाचार

spot_img