कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा खेलाडीहरुलाई पोशाक हस्तान्तरण गरिएको छ् । दोधारा चाँदनी नगरपालिकामा रहेको संस्थागत बिद्यालयको संगठन निजी बिद्यालय क्षेत्रिय समितिले दोधारा चाँदनी नगरपालिका वडा नं. ७ मा जारी मेयर कप फुटवल प्रतियोगितामा खेलाडीहरुलाई पोशाक बितरण गरिएको छ् । मेयर कप फुटवल प्रतियोगितामा फाईनल खेलमा पुगेका २ फुटवल टिमलाई जर्सी हस्तान्तरण गरिएको निजी बिद्यालय क्षेत्रिय समिति दोधारा चाँदनीका अध्यक्ष अर्जुन सिंह कुँवरले जानकारी दिनुभएको छ् । खेलाडीहरुलाई खेल प्रति प्रतोत्साहन गर्न खेल सामग्री बितरण गरिएको उहाँले बताउनुभयो ।

मेयर कप फुटवल प्रतियोगितालाई सघाउन खेलाडी संगै आयोजक संस्थालाई पोशाक हस्तान्तरण गरिएको निजी बिद्यालय क्षेत्रिय समिति दोधारा चाँदनीका अध्यक्ष अर्जुन सिंह कुँवरले बताउनुभएको छ् । लागु औषध दुव्र्यसनीलाई निरुत्साहित गर्न तथा युवाहरुलाई खेलमा रुची बढाउन गरिएको कार्यक्रमलाई एक्कबद्धता जनाउदै पोशाक सहयोग गरिएको उहाँले बताउनुभयो ।

निजी बिद्यालय क्षेत्रिय समितिले केही दिन अघि दोधारा चाँदनी नगरपालिकाका मृगौला पिडित भुवन बिहारी पन्त र नरेश बहादुर चन्दलाई उपचारमा सघाउ पुगोस भन्ने अभिप्रायले रु. १५/१५ हजार नगद सहयोग गरिएको निजी बिद्यालय क्षेत्रिय समिति दोधारा चाँदनीले जनाएको छ् ।







