दोधारा चाँदनीमा तीन महिने एडभान्स कम्प्युटर तालिम, वडाध्यक्ष सुनारले गरे उद्धघाटन


दोधारा । दोधारा चाँदनी नगरपालिकाको आर्थिक सहयोगमा वडा नम्बर ४ को कार्यालयमा तीनमहिने एडभान्स कम्प्युटर तालिम सुरु गरिएको छ। नगर दलित समन्वय समितिको आयोजनामा आइतबारदेखि सञ्चालनमा आएको उक्त तालिममा विभिन्न वडाबाट छनोट गरिएका २० जना विद्यार्थी सहभागी छन्।

प्रत्येक वडाबाट दुई जनाका दरले विद्यार्थी चयन गरिएको वडा अध्यक्ष भक्तबहादुर सुनारले जानकारी दिए। उनका अनुसार आधारभूत कम्प्युटर ज्ञान हासिल गरिसकेका तर आर्थिक रूपमा कमजोर विद्यार्थीलाई थप सीपयुक्त बनाउन तालिम आयोजना गरिएको हो।

नगरपालिकाले दलित समन्वय समितिका लागि विनियोजन गरेको एक लाख रुपैयाँ बजेटबाट तालिम सञ्चालन गरिएको बताइएको छ। यसअघि पनि समितिले विभिन्न सामाजिक कार्यक्रम तथा सीपमूलक तालिमहरू सञ्चालन गर्दै आएको अध्यक्ष सुनारको भनाइ छ।

तालिम उद्घाटन कार्यक्रम समितिका अध्यक्ष टीकाराम सार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो भने उद्घाटन वडा अध्यक्ष सुनारले गरेका थिए। कक्षा १० भन्दा माथिका विद्यार्थीहरूले सहभागीता जनाएको उक्त तालिममा प्रशिक्षकका रूपमा उद्धव लुहार रहेका छन्।


ताजा समाचार

spot_img