महेन्द्रनगर : कञ्चनपुरमा कुखुरामा रानीखेत रोग देखा परेपछि सयौँको संख्या मरेका छन् । भीमदत्त नगरपािलका १ राजीपुरमा स्वाबलम्बी अपाङगता कृषक समुहले संचालन गरेको उक्त कुखुरामा रानीखेत देखा परेपछि कुखुरा खोरमा रहेका करिब ८ सय स्थानिय जातका लोकल कुखुरा मरेका छन् । बजारमा बेच्न लैजाने तैयारीमा रहेका ठुलाठुला कुखुरा मरेपछि किसानहरु मारमा परेका छन् ।

चैत्र १७ गते कुखुराले दानापानी खान छोडेपछि कैलालीमा रहेको पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा पठाएको उताबाट रोग पुष्टी भएको संचालक सदस्य दिर्घ कुमार स्वारले जानकारी दिनुभयो । अहिले खोर नै शुन्य हुने गरी सबै कुखुरा मरेपछि ठुलो क्षती बेहोर्नु परेको बताउनुभयो । करिब अहिले ८ लाख भन्दा बढीको क्षती भएको उहाँले बताउनु भयो ।

“अहिले पनि बजारमा बेच्नका लागी तयार रहेका कुखुरामा रोग देखेपछि सारै तनाव भयो ” उहाँले भन्नु भयो “पहिले पनि कुखुरामा रोग लागेको थियो, त्यो बेलामा केही लागत उठेपनि अहिले त सबै स्वाहा भयो” यो रोगका मुख्य लक्षणहरू कुखुरा सुस्त हुने, झोक्रिने, टाउको घुमाउने (नर्भस समस्या), मुख/नाकबाट फिँज आउने,पखाला लाग्ने (हरियो/सेतो), अचानक मृत्यु हुने गर्दछ । यसबाट बच्ने उपायमा तुरुन्त भेटेरिनरी (पशु चिकित्सक) लाई खबर गर्ने, बिरामी कुखुरा छुट्टै राख्ने, फार्ममा जैविक सुरक्षा कडा बनाउने, नियमित खोप लगाउने, मरेका कुखुरा सुरक्षित तरिकाले गाड्ने/नष्ट गर्ने ।







