दोधारा चाँदनीमा मेयर कप फुटवल प्रतियोगिता सञ्चालन हुदै


दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा मेयर कप फुटवल प्रतियोगिता सञ्चालन हुने भएको छ् । नगर स्तरिय खेलकुद बिकास समिति दोधारा चाँदनीको आयोजनामा आउदो २८ गते देखि दोधारा चाँदनी नगरपालिकाको वडा नं. ७ मा रहेको लक्ष्मी माध्यमिक बिद्यालयको खेल मैदानमा मेयर कप पुरुष फुटवल प्रतियोगिता सञ्चालन हुने भएको नगर खेलकुद बिकास समिति दोधारा चाँदनीका अध्यक्ष रवि गिरीले बताउनुभएको छ् ।

प्रतियोगितामा नगर क्षेत्रमा १० टिम सहभागी हुने आंकलन गरिएको छ् । प्रतियोगितालाई स्भ्य भब्य बनाउन तयारी सुरु गरिएको अध्यक्ष रवि गिरीले बताउनुभयो । प्रतियोगितामा बिजयता, उपबिजयता टिमलाई पुरुस्कारको ब्यवस्था गरिएको उहाँले बताउनुभएको छ् ।

दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले खेलाडी उत्पादन संग खेलको माध्यमबाट नगर क्षेत्रलाई चिनाउन खेलमा ठुलो बजेट बिनियोजन गरि बिभिन्न खेलका प्रतियोगिता सञ्चालन गर्दै आएका छन् ।


ताजा समाचार

spot_img