प्रगतीशिल लेखक संघको दोधारा चाँदनीमा अन्तरराष्ट्रिय साहित्यिक सङगोष्ठी


पप्पु गुरुङ्ग, दोधारा । कञ्चनपुरको दोधारा चाँदनीमा अन्तरराष्ट्रिय साहित्यिक सङगोष्ठी सुरु भएको छ् । प्रगतीशिल लेखक संघ नेपालको आयोजनामा दोधारा चाँदनी नगरपालिकाको सभा कक्षमा दुई दिने अन्तरराष्ट्रिय साहित्यिक सङगोष्ठी सुरु भएको प्रगतीशिल लेखक संघ नेपालका केन्द्रिय अध्यक्ष डाक्टर देवी क्षेत्री दुलालले जानकारी दिनुभएको छ् । अन्तरराष्ट्रिय साहित्यिक सङगोष्ठीमा भारत र नेपालका स्रष्टाहरुको उपस्थिती रहेको प्रगतीशिल लेखक संघ नेपालका केन्द्रिय अध्यक्ष डाक्टर देवी क्षेत्री दुलालले बताउनुभयो । नेपाल र भारत गरि झण्डै १ सय ५० बढी स्रष्टाहरु कार्यक्रममा सहभागी भएको र भारतको तर्फबाट स्रष्टाहरुले जनबादी साहित्यिक अवस्था र नेपालको तर्फबाट सहभागी स्रष्टाहरुले बर्तमान राजनितिक आन्दोलन बिषयमा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको प्रगतीशिल लेखक संघ नेपालका केन्द्रिय अध्यक्ष डाक्टर देवी क्षेत्री दुलालले बताउनुभएको छ् ।

अन्तरराष्ट्रिय साहित्यिक सङगोष्ठीमा दोधारा चाँदनी घोषणा पत्र समेत सार्वजनिक गरि भोली कञ्चनपुरको महेन्द्रनगरमा अन्तरराष्ट्रिय साहित्यिक सङगोष्ठी सम्पन्न हुने उहाँले बताउनुभयो । कार्यक्रममा बोल्दै बोल्दै दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले अन्तरराष्ट्रिय साहित्यिक सङगोष्ठी सञ्चालन भएको खुशी प्रकट गर्दै सङगोष्ठीले दोधारा चाँदनी नगरपालिकाको पहिचानलाई थप अघि बढाउन मद्धत पुग्ने बताउनुभयो ।

नेकपा एमालेका नेता तथा पुर्व मन्त्री प्रदिप ज्ञावालीले उद्धघाटन गर्नुभएको कार्यक्रममा स्रष्टाहरुले प्रगतिशील अभिव्यक्ति मार्फत सिर्जनशीलतामा नयाँ उचाई बनाएको बताए । यस्ता साहित्यिक कार्यक्रमहरुले सर्जकहरुलाई ऊर्जा, प्रेरणा र अनुशासन प्रदान गर्ने स्रष्टाहरुको भनाई रहेको छ् ।

कार्यक्रममा बिभिन्न सास्कृतिक प्रस्तुती सहित स्रष्टाहरुलाई सम्मान गरिएको आयोजक संस्था प्रगतीशिल लेखक संघ नेपालले जनाएको छ् ।


ताजा समाचार

spot_img