कञ्चनपुर उद्योग वाणिज्य संघद्वारा निःशुल्क बीमा कार्यक्रम सुरु


कञ्चनपुर : कञ्चनपुर उद्योग वाणिज्य संघले व्यपारीहरुको हक हितलाई मध्यनजर गर्दै । निःशुल्क विमा कार्याक्रम योजना ल्याएको छ ।
आइतबार संघका अध्यक्ष दिनेश मल्लको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले गरेका निर्णयहरू पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको हो।

कञ्चनपुर उद्योग वाणिज्य संघकाको नवनिर्र्वााचत टिमले आ.व.०८२/०८३मा नविकरण गरेका तथा संघमा आवद्ध भएका व्यापारीहरुको दुर्घटना विमा गरेको महा–सचिव राहुल भट्टले बताए । उनले भने ‘यस बिमा बाट कुनै व्यापारी दुर्घटना परी मृत्यु भएमा रु एक लाख सम्म रकम पाउने छ भने घाईते भएमा अस्पतालको विल बुझाएई रु एक लाख सम्म उपचार खर्च पाउने छ।’ यसको अवधि ०८३ असार मसान्त सम्म रहेन छ । अर्को आर्थिक वर्षमा पुनः उद्योग वाणिज्य संघमा नविकरण भएका तथा दर्ता भएका व्यवसायीहरुको विमा गरिने महासचिव भट्टले बताए।’

साथै, बजार व्यवस्थापनलाई थप प्रभावकारी बनाउन २०८३ बैशाख देखि लागु हुने गरी प्रत्येक महिनाको पहिलो र अन्तिम शनिबार बजार बन्द गर्ने निर्णय समेत गरिएको उनले बताए। संघले आगामी दिनमा व्यापारीमैत्री नीति तथा कार्यक्रमहरू ल्याउँदै बजार व्यवस्थापनलाई व्यवस्थित बनाउने लक्ष्य लिएको जनाएको छ। त्यसैगरी आइतबार बसेको कार्य समितिको बैठकले १८ औ कार्यकारणी समितीको सदस्य पदमा अहिल्या चन्द बोहरा, लक्ष्मी थापा र कमल चन्दलाई मनोनित गरेको छ ।

नवनिर्वाचित अध्यक्ष दिनेश मल्लले आफु सधै व्यापारीको हकहितका लागि काम गर्ने बताए । उनले भने ‘म व्यापारीहरुको हक हितको लागि यस संस्थाको अध्यक्ष भएको हु र सधै व्यापारीहरुको सुख दुःखमा साथ दिन तयार छु । अहिले धेरै बोल्नु भन्दा काम गरेर देखाउने बेला भएको छ ।’ संघले आगामी दिनमा व्यापारीमैत्री नीति तथा कार्यक्रमहरू ल्याउँदै बजार व्यवस्थापनलाई अझ प्रभावकारी बनाउने लक्ष्य लिएको जनाएको छ। व्यवसायीहरूको समस्या समाधान, बजार अनुगमन, मूल्य नियन्त्रण तथा समन्वयात्मक कार्यलाई प्राथमिकतामा राख्ने संघको योजना रहेको बताइएको छ।


ताजा समाचार

spot_img