प्रविधि-प्रेरित आतिथ्य सत्कार (एआई) सम्बन्धि ४ दिने तालिम सम्पन्न


कञ्चनपुर: जिल्लाको महेन्द्रनगरमा प्रविधि-प्रेरित आतिथ्य सत्कार (एआई) सम्बन्धि ४ दिने तालिम सफलतापूर्वक सम्पन्न भएको छ।

शुक्रबार महेन्द्रनगरस्थित होटल गंगोत्री गोल्डको सभाहलमा होटेल संघ नेपालको सहयोगमा आयोजित प्रविधि-प्रेरित आतिथ्य सत्कार (एआई) सम्बन्धि ४ दिने तालिम सम्पन्न भएको हो। कार्यक्रममा पर्यटन तथा होटल व्यवसायसँग सम्बन्धित व्यक्तिहरू, विद्यार्थी तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

तालिमका प्रशिक्षक शैलेन्द्र राज जोशीले होटल व्यवसायलाई आधुनिक र प्रतिस्पर्धी बनाउन डिजिटल माध्यमको प्रयोग अत्यावश्यक भएको बताए। उनले व्यवसायलाई चुस्त-दुरुस्त ढङ्गले अघि बढाउन अनलाइन प्लेटफर्मलाई प्राथमिकतामा राख्नुपर्ने र कृत्रिम बुद्धिमत्ता (एआई) सँगको सम्बन्ध मजबुत बनाउनुपर्नेमा विशेष जोड दिए। जसमा प्रविधि मैत्रीपुर्ण व्यवसायी अहिले आवश्यकता रहेको छ।

कार्यक्रममा प्रविधिको प्रयोगले व्यवसायमा ल्याउने फाइदा, डिजिटल मार्केटिङको प्रभावकारी उपयोग तथा एआई लाई व्यवसायमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा चार दिनसम्म प्रशिक्षण प्रदान गरिएको थियो। उक्त तालिममा सुदूरपश्चिम विश्वविद्यालयको होटल म्यानेजमेन्ट (बिएचम) का विद्यार्थीहरू, होटल व्यवसायी तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो।

सहभागीहरूले तालिम अत्यन्त उपयोगी भएको प्रतिक्रिया दिएका छन्। उनीहरूका अनुसार एआई र डिजिटल प्रविधिको प्रयोगले होटल तथा पर्यटन व्यवसायलाई अझ प्रभावकारी, सहज र प्रतिस्पर्धी बनाउन सहयोग पुग्नेछ। साथै, डिजाइन, प्रचारप्रसार र सेवा व्यवस्थापनमा समेत प्रविधिको प्रयोगले नयाँ सम्भावना सिर्जना गरेको उनीहरूको भनाइ रहेको छ।

आगामी दिनमा व्यवसायलाई प्रविधिमैत्री बनाउन यस्तो तालिमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ। बदलिँदो समयसँगै व्यवसायलाई रूपान्तरण गर्न प्रविधिको प्रयोग अनिवार्य रहेकोमा सहभागीहरूले जोड दिएका छन्।

कार्यक्रम संयोजक जगदीश भट्टका अनुसार कञ्चनपुर, कैलाली, डडेल्धुरा लगायतका जिल्लाबाट सहभागीहरूको उपस्थिति रहेको थियो। तालिमको अन्त्यमा सहभागीहरूलाई प्रमाणपत्रसमेत वितरण गरिएको थियो।


ताजा समाचार

spot_img