अन्तर्राष्ट्रिय महिला दिवसमा जनचेतनामुलक घरदैलो तथा पोष्टर वितरण


कञ्चनपुर : माइती नेपाल कञ्चनपुरले ११६औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा अन्तर्राष्ट्रिय नाराः “Rights. Justice. Action. “For ALL Women and Girls” र राष्ट्रिय नारा “सबै महिला र बालिकाको लागि अधिकार, न्याय र कार्यसहितको अवसर” भन्ने मुल नाराका साथ मानव बेचबिखन तथा ओसारपसारको जोखिम बढी हुने भएकोले समुदायमा सचेतना अभिवृद्धि गर्ने उद्धेश्यले दोधारा चांदनी नगरपालिका वडा नंं. १, स्याउले बजारका ६५ वटा घरधुरीमा घरदैलो कार्यक्रम सम्पन्न गरियो ।

दोधारा चांदनी नगरपालिका वडा नंं. १ खुला सीमा नाका भएको हुदां लुकीछिपि महिला तथा बालबालिकाहरुलाई भारत प्रवेश गराउन सहज भएको हुने हुदां मानव बेचबिखन तथा ओसारपसारलाई न्युनिकरण गर्न स्थानियहरु जागरुक हुनुपर्ने आवश्यकता भएको हुदां स्थानियलाई जागरुक गराउन उक्त घरदैलो कार्यक्रम सम्पन्न गरियो । घरदैलो कार्यक्रममा पर्चा पम्पलेट, ब्रसरहरु वितरण गर्दै सुरक्षित बसाइसराइ, लैङ्गिक हिसां, यौन हिसां र मानव बेचबिखन तथा ओसारपसारका विभिन्न स्वरुप, त्यसबाट हुन सक्ने जोखिम, सुरक्षित आवतजावत बारे जानकारी प्रदान गरियो ।

साथै अपरिचित व्यक्तिको प्रलोभनमा नपर्न, स्थानिय बासीहरुलाई मानव बेचबिखन जस्तो जघन्य अपराधिक क्रियाकलाप विरुद्ध सचेत पार्दै यस्ता घट्ना घटेको खण्डमा माईती नेपाल तथा प्रहरी प्रशासनलाई तुरुन्त खबर गर्नुपर्ने जस्ता कानुनी पाटो बारे जानकारी प्रदान गरियो । यस कार्यक्रम मार्फत समुदायका महिला, पुरुष तथा बालबालिका गरि जम्मा ३२८जना लाभान्वित भएका थिए । खुला सिमानाका क्षेत्रहरुमा मानव बेचबिखन नियन्त्रणका लागि यस्ता सचेतनामुलक कार्यक्रमहरु निरन्तर सञ्चालन गर्न आवश्यक देखिन्छ ।


ताजा समाचार

spot_img