पवनदुत यातायातको छैटौँ साधारण सभा

कञ्चनपुर: कञ्चनपुरको पवनदुत सार्वजनिक यातायात सेवा प्रालिले छटौँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार महेन्द्रनगरमा एक कार्यक्रमका विच पवनदुत सार्वजनिक यातायात सेवा प्रालिले छटौँ बार्षिक साधारण सभा सम्पन्न भएको हो ।

पवनदुत सार्वजनिक यातायात सेवा प्रालिका कर्मचारी रमेश ठगुन्नाले विवित कार्यक्रमका साथ साधारण सभा सम्पन्न भएको बताए । उनका अनुसार वैजनाथधाम रौटेला, महिला तथा वृद्धा सेवा केन्द्र महेन्द्रनगर, समाजकल्याण अञ्चल बालअनाथालय महेन्द्रनगर, नेपाल रेडक्रस शाखा महेन्द्रनगरलाई जनही २५हजारका दरले आर्थिक सहयोग गरिएको छ ।

कार्यालय प्रमुख माधव प्रशाद भट्टले संचालन गरेको कार्यक्रममा प्रालिका अध्यक्ष महेश प्रशाद बोहराको अध्यक्षतामा नेपाल यातायात महासंघका केन्द्रीय उपाध्यक्ष डम्वर राज पन्त, प्रदेश महासङघका अध्यक्ष निरन्जन मल्ल सहितको उपस्थितिमा कार्यक्रम भएको थियो ।

ताजा समाचार

spot_img