सुपवि केन्द्रीय क्याम्पस अन्तर विभागीय खेलकुद प्रतियोगिता सम्पन्न

कञ्चनपुर,: सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसले संचालन गरेको अन्तर विभागीय खेलकुद प्रतियोगिता ०८२ सम्पन्न भएको छ । भीमदत्त नगरपालिका १८ महेन्द्रनगरमा रहेको सुप विश्वविद्यालय केन्द्रीय क्याम्पसले आयोजना गरेको अन्तर विभागीय खेलकुद प्रतियोपगता सम्पन्न भएको हो ।

समापन कार्यक्रममा विद्यार्थी कल्याण तथा खेलकुद शाखा प्रमुख प्रकाशचन्द्र बडूले स्वागत मनतब्य राख्दै खेलकुद बृद्धि विकासा लागि प्रतियोगिता आयोजना गरेको बताए ।सबैभन्दा बढी गोल्ड मेडल जितेर कानुन केन्द्रीय बिभागले प्रथम स्थान हासिल गरेको थियो, भने ब्यवस्थापन बिभागले दोस्रो स्थान हासिल गर्नु भएको छ ।

विजेता टिमलाई पुरस्कार प्रदानज गरिएको छ । सुपवि केन्द्रीय क्याम्पसका प्रिन्सिपल प्रा. कुम्भ बहादुर चन्दको सभापतित्वमा र रजिस्ट्रार प्रा.डा. बिनोद लेखकको प्रमुख अतिथिमा सम्पन्न भएको कार्यक्रममा प्राध्यापक, विद्यार्थी,कर्मचारी सहितको सहभागिता रहेको थियो ।

ताजा समाचार

spot_img