क्षेत्र ३मा उज्यालो नेपाल पाटी चुनावी मैदानमा

कञ्चनपुर : कञ्चनपुर निर्वाचन क्षेत्र ३मा उज्यालो नेपाल पाटी चुनावी मैदानमा होमिएको छ । क्षेत्र ३बाट उज्यालो पाटीका उम्मेदवार भीम कुमाल सहितका नेता कार्यकर्ताहरु सम्बृद्धिको एजेण्डा लिएर चुनावी मैदानमा होमिएका छन । पाटी संस्थापक केन्द्रीय सदस्य समेत रहेका उम्मेदवार भीम कुमालले सम्पर्क कार्यालय स्थापना, चुनाव प्रचार प्रसार समिति विस्तार, स्थानीय विकास निर्माणका एजेण्डा तयारी गरिदै आएको बताए ।

उनका अनुसार क्षेत्रीय स्तरको सम्पर्क कार्यालय महेन्द्रनगर, दोधाराचाँदनी नगरका लागि छुट्टै सम्पर्क कार्यालय संचालनमा ल्याएको छ । चुनाव प्रचार प्रसार समितिका क्षेत्रीय समिति संयोजक श्याम सुनार, भीमदत्त नगरका पिङकी पाल्पाली, दोधाराचाँदनीमा दिल बहादुर थापा, युवा, महिला, किसान, मजदुर, समाजसेवी तर्फ जिम्मेबारी दिन छलफल गरिदै छ ।

समाजिक अगुवाहरुसंग सुझाव संकलन गरिरहेको छ । घरदैलोदेखिका चुनावी प्रचारप्रसारका कामकाज गरिन लागेको बताए । केही दिनभित्रै चुनावी एजेण्डा सहित सार्वजनिक गरेर प्रभावकारी रुपमा जनतामा चुनावी प्रचारप्रसारमा खटिने बताए ।

ताजा समाचार

spot_img