कञ्चनपुर २मा एमालेको युवा संघका पुर्व अध्यक्ष सिह र उपाध्यक्ष साउद चुनावी मैदानमा

कञ्चनपुर:  कञ्चनपुर निर्वाचन क्षेत्र २बाट प्रतिनिधी सभा सदस्यका लागि विगतमा एकै संगठनका काम गरेका नेताद्वय चुृनावी मैदानमा होमिएका छन । एमाले निकट युवा संघको पुर्व केन्द्रीय अध्यक्ष बचन बहादुर सिह र युवा संघकै पुर्व उपाध्यक्ष योगेश साउद एकै पटक चुनावी मैदानमा होमिएका हुन । सिह एमालेबाटै र साउद उज्यालो पाटी नेपालबाट केन्द्रीय सांसदका लागि क्षेत्र २मा खटिएका छन । सिह विद्यार्थी, युवा संघबाट एमाले राजनीतिमा उदाएका प्रभावशाली नेताकै रुपमा छवि बनाएका छन ।

तर, साउद माओवादीको वाईसियल हुँदै एमालेको युवासंघतिर गएका नेता हुन । तत्तकालिन अवस्थामा नेकपा एमाले, माअोवादी केन्द्र ०७५मा एकता भई ०७७मा फुटसंगै माओवादी नेताहरु लेखराज भट्ट, राम बहादुर थापा(बादल) सहितका नेताहरु एमालेमै रहेका बेला साउद उतिबेला एमालेतिरै लागेर युवासंघको केन्द्रीय उपाध्यक्षको जिम्मेबारी पाएका थिए । त्यसपछि साउद एमाले परित्याग गरेर माओवादीमै फर्किए फेरी उज्यालोतिर गएर चुनावीमा होमिएका छन ।

सिह यस अघि ०७९ सालमा पनि २(क)बाट प्रदेश सभा सदस्यमा चुनाव लडिसकेका चुनावी मैदानको प्रत्यक्ष अनुभव बटुलेका र साउद पहिलो पटक चुनावी मैदानमा होमिएका छन । दुवै जना युवा संघका पुर्व अध्यक्ष र उपाध्यक्षमा काम गरिसकेका हुनाले एमाले युवा संघका नेता कार्यकर्ताहरु कसलाई मत दिने विषयमा अन्यौतामा रहेको दावि गरिहेको छ ।, साउदले आफु विगतमा माओवादी एमालेका काम गरेकाले दुवैतिर मत मागिरहेका छन ।

ताजा समाचार

spot_img