कञ्चनपुर : राष्ट्रिय स्वतन्त्र पाटी(रास्वपा)का बरिष्ठ नेता एव झापा क्षेत्र ५का उम्मेदवार बालेन्द्र शाह(बालेन) कञ्चनपुर आईपुगेका छन । मंगलबार धनगढीदेखि पुर्नवासको डोकेबजार हुलाकी सडक भएर कञ्चनपुर आईपुगेका हुन ।

डोकेबजार पुनर्वास बेलौरी झलारी हुँदै महेन्द्रनगर पुगेका बालेनले रास्वपाका तीनै उम्मेदवारसंग भेटघाट गरेका छन । क्षेत्र १ मा उम्मेदवार जनक सिह धामी, २का दिपकराज बोहरा र ३का ज्ञानेन्द्र सिह महतासंग भेटघाट गरेका हुन । बेलौरीमा क्षेत्र १का उम्मेदवार धामी, झलारीमा क्षेत्र २का उम्मेदवार बोहरा र महेन्द्रनगरमा क्षेत्र ३मा उम्मेदवार ज्ञानेन्द्र सिह महतासंग भेटघाट गरेको थिए ।

क्षेत्र १का उम्मेदवार धामीले बरिष्ठ नेता शाहलाई मायाको चिनो प्रदान गरेका थिए । माईन्युटमा साईन, बेलौरी, झलारी जिल्ला पाटी कार्यालय महेन्द्रनगरमा घण्टी बजाएर क्षेत्रबाट उम्मेदवार जिताउन सन्देश दिएका छन । जिल्ला पाटी कार्यालय महेन्द्रनगरमा राष्ट्रिय झण्डा फहराएका थिए ।झलारीमा क्षेत्र २का उम्मेदवार बोहरासंग उक्त क्षेत्रका आरक्षपीडितदेखिका स्थानीय समस्या बारे छलफल गरेका थिए । जिल्ला पाटी कार्यालय महेन्द्रनगर पुगेका बालेनले क्षेत्र ३का उम्मेदवार महतासंग भेटघाट गरेर क्षेत्रको समस्या बारे चासो दिएका थिए ।

महताले क्षेत्रका समस्या बारे बालेनलाई अवगत गराएका थिए । साथै ढक्का शिबिरका आरक्षपीडितले समेत बालेनसंग समस्या राखेका थिए । आरक्षपीडित सघर्ष समिति कञ्चनपुरका अध्यक्ष मोतिराम डगौराले बालेनलाई समस्या दर्शाएका थिए । ०७९मा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा काठमाण्डौँ महानगरको मेयरमा स्वतन्त्रबाट जितेका बालेन रास्वपा उम्मेदवार बनेपछि पहिलो पटक कञ्चनपुर आएसंगै नेता कार्यकर्ताहरुदेखि सर्मथकहरुले स्वागत गरेका छन । जिल्लाका तीनै क्षेत्रमा पुगेका बालेन मौन देखिएका थिए । हजारौँ नेता कार्यकर्तामाथ बालेनप्रति क्र्रेज देखिएको थियो ।






