कञ्चनपुर : आगामी २१ फागुनमा हुने प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि कञ्चनपुरका ३ सिट रहेको प्रतिनिधी सभा सदस्यका लागि ११स्वतन्त्र सहित १५ दलका ५५ उम्मेदवारी चुनावी मैदानमा होमिएका छन । विभिन्न दल एव स्वतन्त्र गरेर १०ै उम्मेदवारले आफैले आफैलाई मत हाल्न नपाउने भएका छन । फरक निर्वाचन क्षेत्रमा मतदाता नामावली रहेका उम्मेदवारहरुले आफैले आफैलाई मत दिन नपाउने भएका हुन । यि अभागी उम्मेदवार सजले आफैलाई पनि मत हाल्न नपाउने भएका छन । निर्वाचन क्षेत्र १ मा ५, २ मा ३ र ३ मा २ उम्मेदवारले आफैले आफैलाई मत हाल्नबाट बञ्चित हुनेछन ।

कञ्चनपुर निर्वाचन क्षेत्र १ मा शुक्लाफाँटा नपा ४ असैना घर भएका अनिल राना, स्वतन्त्र उम्मेदवार, कैलालीको गोदाबरी नगरपालिका ८ जोनापुर घर भएका कृष्ण बहादुर चौधरी, नाउपा नेपालका उम्मेदवार, कैलालीको गोदाबरी नगर ३ दानियल विक संयुक्त नागरिक पाटीका उम्मेदवार, कालिकोट नरहरिनाथ गाँउपालिका ६ राताखालका देपेन्द्र बहादुर शाही, प्रगतिशिल लोकतान्त्रिक पाटीका उम्मेदवार, रुपन्देही देवदह नगरपालिका ७ सित्तलनगरका हुम बहादुर गुरुङ्ग मंगोल नेशनल अर्गनाईजेसनका उम्मेदबारले आफैलाई मत दिन बञ्चित हुनेछन ।

क्षेत्र २ मा डडेल्धुरा अमरगढी नगरपालिका ३ चुम्मालका दिपकराज बोहरा, रास्वपा उम्मेदवार बैतडी दोगडाकेदार गाँउपालिका २ बडीयाका धर्मानन्द जोशी, प्रगतिशिल लोकतान्त्रिक पाटीका उम्मेदवार, र भीमदत्त नगरपालिका ४ महेन्द्रनगरका तिर्थराज चटौत, क्षेत्र ३ मा बझाङ्ग थलरा गाँउपालिका ५खुलम विष्णूप्रकास उपाध्याय, नेकपा(माओवादी)का उम्मेदवार र बेदकोट नगरपालिका ७ झजपुराका हरि प्रशाद बोहरा नेपाली काँग्रेसका उम्मेदवारले मत दिन नपाउने भएका छन । सयोग १ मतले मात्रै जितबाट बञ्चित हुने उम्मेदवार आफ्नै कारणले पराजित हुने देखिन्छन ।







