ढक्का शिबिर आरक्षपीडितसामु नेकपा कञ्चनपुर क्षेत्र १की उम्मेदवार बीना मगरको उद्घोषण पुर्नस्थापना गछौँ

कञ्चनपुर: कञ्चनपुरका आरक्षपीडितले विस्थापित sभएदेखि यताका सबै निर्वाचनहरुमा दल, तिनका उम्मेदवारहरुले चुनावी प्रतिबद्धता जाहेर गरेपनि जितेर गएपछि आफुहरुको समस्या समाधान गर्न चासो नदिने गरेको गुनासो पोखेका छन ।
ढक्काचाँन्देव शिबिरका आरक्षपीडितले विस्थापित भएदेखि यताका सबै निर्वाचनहरुमा दल, तिनका उम्मेदवारहरुले चुनावी प्रतिबद्धता जाहेर गरेपनि जितेर गएपछि आफुहरुको समस्या समाधान गर्न चासो नदिने गरेको गुनासो पोखेका हुन ।

आरक्षपीडितले विस्थापित भएदेखि यता ०६४हुँदै ०७९सम्म भएका चुनावमा आश्वसन मात्रै पाउने तर समस्या समाधान नभएैको भन्दै यस पटकको निर्वाचनमा आफुहरुलाई आश्वासन भन्दा पनि सिधै समस्या समाधान गरिदिन आग्रह गरेका छन ।
आरक्षपीडित संघर्ष समितिका महासचिव गोबिन्द नेपालीले पीडितले राजनैतिक दल, तिनका नेता कार्यकर्ताहरु, उम्मेदबारदेखि सरकारबाट आश्वासन पाउने तर समस्या समाधानका लागि कुनै पहल नहुने भन्दै अब पीडितको समस्यामा गम्भिर भईदिन आग्रह गरेका छन ।

तत्कालीन शुक्लाफाँटा वन्यजन्तु आरक्ष विस्तारका क्रममा ०५८ साल र त्यसअघि विस्थापित भएका नागरिकमध्ये २०६४ साल माघ ८ गते देखि ढक्का शिविरमा बस्दै आएका आरक्ष पीडितहरूले १८औं वार्षिकोत्सव मनाएका छन् । आरक्ष पीडित जिल्ला संघर्ष समिति, कञ्चनपुर, ढक्काको आयोजनामा गरिएको कार्यक्रममा पूर्वमन्त्री तथा नेकपाको तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार विना मगर र पूर्व सांसद तथा नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार तारा लामा तामाङको उपस्थिति रहेको थियो ।

कार्यक्रमकी प्रमुख अतिथि समेत रहेकी नेपाली कम्युनिष्ट पाटी(नेकपा)की उम्मेदवार बीना मगरले बस्तीमा रहेका समस्या अल्पकालित र दिर्घकालिन पुर्नस्थापनाका लागि हारेपनि जितेपनि पहल गर्ने प्रतिबद्धता जाहेर गरेकी छिन । अर्का अतिथि नेकपा एमालेका उम्मेदवार तारालामा तामाङ्गले समेत आरक्षपीडितको न्यायिक पुर्नस्थापनाका लागि आफ्नो तर्फबाट पहल गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।

कार्यक्रममा पीडितहरूले आफूहरूको यथोचित व्यवस्थापनका लागि पहल गरिदिन उम्मेदवारहरूसँग माग राखेको समितिका अध्यक्ष मोतीलाल डगौराले जानकारी दिनुभयो । उम्मेदवारहरूले सो विषयमा प्रतिबद्धता व्यक्त गरेका छन् । विगत २४ वर्षदेखि सयौँ आरक्षपीडित परिवारहरू जंगल तथा खोलानाला किनारमा झुपडी बनाएर बस्न बाध्य छन् । आरक्षपीडित संघर्ष समिति कञ्चनपुरका अध्यक्ष मोतीलाल डगौराको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न दलका उम्मेदवारदेखि पीडितको उपस्थिति रहेको थियो ।

ताजा समाचार

spot_img