प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं २ को अधिकृतको कार्यालय झलारीमा स्थापना

कञ्चनपुर,: आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कञ्चनपुरको निर्वाचन क्षेत्र नं २ को कार्यालय शुक्रवार स्थापना गरेको छ । शुक्लाफाँटा नगरपालिका १० झलारीको कार्यालयमा निर्वाचन कार्यालय स्थापना गरेको छ ।

कार्यालय स्थापना कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मदन कोइराला, जिल्ला निर्वाचन कार्यालयका प्रमख हरिशचन्द्र जोशी, निर्वाचन क्षेत्र नं २ का निर्वाचन अधिकृत प्रकास भण्डारी, नगर प्रमुख, उप प्रमुख, जिल्ला स्थीत सुरक्षा निकायका प्रमुख, निर्वाचन कार्यालयका कर्मचारी लगायतको उपस्थीति रहेको थियो ।

निर्वाचन क्षेत्र नं २ मा एक लाख नौ हजार पाँचसय ७४ मतदाता रहेका छन भने ४३ वटा मतदान स्थल र एक सय २३ वटा मतदान केन्द्र रहेका छन ।

ताजा समाचार

spot_img