भारतकाे रुद्रपुरमा साहित्यकार मीतबन्धुलाई सम्मान

उत्तराखण्ड काव्य महोत्सव, रुद्रपुर

कञ्चनपुर : नेपाली साहित्यकार एवं प्रलेस सुदूरपश्चिम प्रदेश समितिका सहइन्चार्ज रमेश पन्त मीतबन्धुलाई भारतमा सम्मानित गरिएको छ। सुदूरपश्चिमकाे साहित्यिक गतिविधिमा सक्रिय साहित्यकार मीतबन्धुलाई भारत उत्तराखण्डस्थित रुद्रपुर शहरमा सम्मानित गरिएको हो ।

मीतबन्धुलाई भाषा, साहित्य, कला एवम् संस्कृति संरक्षणका क्षेत्रमा उल्लेखनीय योगदान पुऱ्याएकोमा उनलाई साहित्य शिराेमणी सम्मानबाट सम्मानित गरिएको छ। पुस ६ गते आइतबार बुलंदी साहित्यिक सेवा समितिद्वारा भारत उत्तराखंड स्थित रुद्रपुरकाे नगर निगममा आयोजित उत्तराखण्ड काव्य महोत्सव तथा अन्तर्राष्ट्रिय काव्यगाेष्ठीमा उनलाई प्रशस्तिपत्रसहित सम्मानित गरिएको हो ।

भारतका विभिन्न स्थान, नेपाल, मारिसस, श्रीलंका लगायतका देशमा अन्तर्राष्ट्रिय कवि सम्मेलन आयोजना गरिसकेको बलदी साहित्यिक संस्थाद्वारा आयोजित कार्यक्रममा मीतबन्धुलाई बुलंदीका संरक्षक वरिष्ठ साहित्यकार अशोक अवस्थी अन्जाना’ र संस्थाका संस्थापक अध्यक्ष विवेक बादल बाजपुरीले सम्मानित गरेका थिए । साहित्यकार मीतबन्धु विगत लामो समयदेखि काली-कर्णाली तथा मानसखण्ड क्षेत्रको भाषा, कला, संस्कृति र लोकसाहित्य संरक्षण, संवर्धन र प्रचारप्रसारमा निरन्तर प्रयासरत रहीआएका छन्।

ताजा समाचार

spot_img