निङ्गलाशैनी बहुउद्देश्यीय सहकारीका सदस्यको ऋण आईएमई ईन्सुरेन्स बाट दाबी भुक्तान

कञ्चनपुर :  निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी संस्था लि. ले आफना ऋणी सदस्यहरुको बिमागर्दा भिनपा वडा नं. ४ बैजनाथ टोलनिवासी हरिदत्त मडैको स्वर्गारोहण हुदाउनको नाममा रहेको ऋण रकम रु एक लाख अन्ठानब्बे हजार रुपया आईएमई ईन्सुरेश कम्पनी बाट दावि भुक्तान भएकोले निजका श्रीमति भागराथी देवी मडै लाई हस्तान्तरण गरिएको छ ।

संस्थाकी प्रबन्धक बविता चन्द बमले एक समारोह वीत संस्थाको केन्द्रिय कार्यालयमा चेक हस्तान्तरण गरिएको छ । निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना सदस्यहरुको नियमित रुपमा ऋणको बिमा सिटिजन्स ईन्सुरेस कम्पनी तथा आईएमई ईन्सुरेन्स कम्पनीको सहकार्यमा बिमा गर्ने गरेको छ ।

संस्थामा नियमित ऋणको माग र निकासीका क्रममा ऋणको म्यादी विमागर्ने गरेको हुदा“ सहकारीका सदस्यको मृत्यु भएमा निजका नाममा रहेको ऋण विमा कम्पनी बाट दाबी भुक्तानी गरिने गरेकोले सम्पूर्ण ऋणीहरुले अनिवार्य रुपमा ऋणको म्यादी विमा गर्नु पर्ने कुरामा निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी संस्थाले जोड दिएको छ ।

ताजा समाचार

spot_img