‘ओलीले देशलाई खरानी बनाईदियो’ : भीम रावल

कञ्चनपुर : नेकपा कम्युनिष्ट पाटीका नेता डा. भीम बहादुर रावलले एमाले अध्यक्ष एव तत्तकालिन प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई खरानी बनाईदिएको टिप्पणी गरेका छन । सोमबार झलारीमा नेकपा कञ्चनपुरको जिल्ला एकता सभा कार्यक्रम सम्बोधन गर्दै नेता रावलले ओलीकै अहङकार दम्भ, पदलोपोन्मुख कामबाटै कम्युनिष्ट पाटी, सरकार, संसद, देशलाई खरानी बनाएको टिप्पणी गरेका हुन । ७ बर्ष अघि तत्तकालिन नेकपा माओवादी र एमालेविच एकतापछि बनेको नेपाल कम्युनिष्ट पाटी सिध्याउनका लागि ओलीले बिना कारण दुई पटक संसद विघटन गरिदिएको विषय कोट्उँदै रावलले अहिले आएर ओली र एमालेले संसद पुर्नस्थापनाको कुरा गर्न समेत नैतिकताले नसुहाउने दावि गरेका छन ।

‘उतिबेला ओली जीले दुई÷दुई पटक प्रतिनिधी सभा विघटन गरिदियो, अहिले आएर पुर्नस्थापनाको एजेण्डा भन्दै हिडेका छन, फेरीपनि प्रधानमन्त्री बन्ने चाहना राखेका हुन यो कदापी सुहाउँदैन, ‘डा. रावलले भने, ‘उतिबेला नै ओलीले नेकपालाई देश र जनताको हितमा काम गरेको भए, अहिलेको स्थिति आउने नै थिएन ।’ संसद, पाटीलाई खरानी बनाएका ओलीले सिद्धान्त नै नमिल्नेसंग संविधान संशोधन गरेर सुशासन ल्याउँछौँ भन्ने विषय लज्जाबोध भएको बताए । टोपले नढल्ने भन्ने ओलीको सरकारलाई युवाले ढलाएको स्मरण गराउँदै फेरीपनि संसद पुर्नस्थापना गराएर सरकार बनाउने खेलमा नलाग्न आग्रह गरेका छन ।

‘म र विद्यादेवी भण्डारीसंग ओली डराएर हाम्रो सदस्यता खाईदिए, ‘उनले भने, ‘अहिले पनि ११औँ महाधिवेशन ओलीले धादली गरेर जितेका हुन ।’ जेनजी आन्दोलनका क्रममा देश र जनता बनाउन छाडेर सेनाको हेलिकेप्टर मार्फत भाग्ने ओलीले जनतामाथि घात गरेका छन । आफुलाई ओलीले बुढो भन्ने गरेको तर सुुदूरको खप्तड जान ओलीलाई चुनौती दिए । जेनजी आन्दोलनकारीले घरमै पुगेर पुर्व प्रधानमन्त्री एव काँग्रेस सभापति शेर बहादुर देउवालाई कुटेपनि देउवाको बुद्धि अझै नपलाएको समेत दावि गरेका छन । वर्तमान सरकारले २३ र २४गतेको घटनाको निष्पक्ष छानबिन गरेर दोषि उपर कार्बाही गर्न समेत रावलले माग अघि सारेका छन ।

ताजा समाचार

spot_img