कञ्चनपुर : गत २३ र २४ भदौँ जेनजी आन्दोलनबाट भएको घटना सम्बन्धी जाँचबुझ आयोग कञ्चनपुर पुगेको छ । बिहीबार कञ्चनपुर पुगेको टोली केही क्षतिग्रस्थत अध्ययनका लागि टोली जिल्ला पुगेको हो । आयोगका सदस्य विशेश्वर प्रशाद भण्डारी नेतृत्वमा आएको टोलीले एमाले पोलिट्ब्यूरो सदस्य एव पुर्व सुप प्रदेशका मुख्यमन्त्री, कृष्णपुर नगरपालिका, प्रशासन सहितका क्षतिग्रस्त सरचनाको स्थलगत अनुगमन गरेका छन ।

साथै आयोगका सदस्य भण्डारी नेतृत्वमा जिल्लाका सुरक्षा निकाय, सरकारी कार्यालय प्रमुख एव सरोकारवालासंग छलफल गरेको छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले आयोगले क्षतिग्रस्थ सरचनाहरुको प्रतिनिधिमुलक अध्ययन गरेको र त्यस अघि जिल्लाबाट क्षतिको विवरण पढाईसकेको बताए । भीमदत्त नगरपालिका कार्यालयमा आयोजित छलफलमा शुरुवातमै एमाले पोलिट्ब्यूरो सदस्य एव पुर्वमुख्यमन्त्री राजेन्द्र सिह रावलले आयोगका सदस्य भण्डारीलाई कार्बाही शुरुवात पुर्वमै थर्काएका थिए । एमाले नेता रावलले मानिसका घर, सरकारी कार्यालय जल्ने दिने आज आए के नाटक गर्न खोजेको भन्दै भण्डारीलाई थर्काएका थिए । ननसेन्स विदेशी दलाल भन्दै थर्र्काएपछि केही बेर कार्यक्रम शुरुवात भएको थिएन । दिउँसो २ बजेका लागि तोकिएको अन्तरकृया कार्यक्रम ढिलो गरी शुरु भएको थियो ।

ढिलोगरी शुरुवात भएको कार्यक्रममा क्षतिपूर्तिदेखि दोषि उपर कार्बाहीको माग अघि सारेका छन । जेनजी आन्दोलनका पीडितहरुले जेनजीका नाममा हित्सात्मक गतिबिधी व्यक्तिका सम्पती क्षति गर्ने गराउने काम भएको दुखेसो पोखेका छन । मेलौली होजियारी उद्योगका संचालक धनसिह पुजाराले २५ बर्ष भारतमा सिकेको सिप नेपालमै सदुपयोग गर्नका लागि उद्योग संचालन गरेपनि आन्दोलनकारीले जिसस कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराको घर भत्दै आगजनी तोडफोड गरिदिएको दुखेसो पोखे । बेदकोट नगरपालिका प्रमुख भोजराज बोहराको घरमा न्यू रोयल टेलरिङ्गका पसलका संचालक सुरेन्द्र सिनालले आगजनीबाट आफ्नो रोजिरोटी विस्थापित बताए । कृष्णपुर नगरका मेयर हेमराज ओझाले जेनजीका नाममा हिन्सात्मक, लुटपाटमा संलग्नमाथि कार्बाही कहिले हुन्छ भन्दै प्रशन गरेका छन । मेयर ओझाले नगरपालिका सहित आफ्नो भाईको घरमा लुटपाट, तोडफोड गरिदिएको बताए ।

बेदकोट नगरका मेयर भोजराज बोहराले जेनजी नाममा अमानविय गतिबिध, अराजकता मच्चाउनेमाथि कार्बाही गर्नुपर्ने बताए । मेयर बोहराले २३ र २४ गतेको आन्दोलन दुई बाटोमा अध्ययन गरेर अघि बढ्नुपर्ने बताए । ‘पहिलो दिन भ्रष्टाचार र समाजिक सञ्जाल बन्द बिरुद्ध आन्दोलन थियो, ‘उनले भने, ‘दोस्रो दिन सुनियोजित रुपमा तत्तकालिन सत्ताधारी दलका नेता कार्यकर्ताका घर जलाईए, प्रहरी प्रशासन टुलुटुलु हेरिरहे ।’ बेलौरी नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत छविराज ओझाले जेनजी आन्दोलनपछि बेलौरीमा जेनजीका नाममा कर्मचारीहरुलाई दुख दिने काम गरेको बताए । जाँजबुझ आयोगका सदस्य विशेश्वर प्रशाद भण्डारीले प्रतिनिधिमुलक आयोगले अध्ययन गरेको बताए । उनले क्षतिपूर्ति सहितका विषयमा सरकारलाई सिफारिस गर्ने बताउँदै दण्डहिनता न्यूनिकरणका लागि आयोगले सरकारलाई सचेत गराउने बताए ।






