भीमदत्त नगरपालिकाले विपिन जोशीको परिवारलाई २ लाख आर्थिक सहयोग गर्ने, सम्झनामा चोक समेत बनाइने

महेन्द्रनगर : इजरायलमा हमासको आक्रमणमा परी ज्यान गुमाएका भीमदत्त नगरपालिका–०३ मालिकार्जुन टोलका विपिन जोशीका परिवारलाई भीमदत्त नगरपालिकाले रु. २ लाख आर्थिक सहयोग गर्ने भएको छ । मंगलबार नगरप्रमुख पदम बोगटीले जोशी परिवारलाई घरमै पुगेर भेट गरेका थिए । भेटका क्रममा उनले नगरपालिकातर्फबाट परिवारलाई दुई लाख रुपैयाँ सहयोग उपलब्ध गराइने जानकारी दिएका हुन् ।

जोशी करिब दुई वर्षदेखि बेपत्ता थिए । गत असोज २७ गते (सन् २०२४ अक्टोबर १३) मा इजरायली अधिकारीहरूले उनको मृत्यु पुष्टि गरेका थिए । सन् २०२३ अक्टोबर ७ मा हमासको आक्रमणमा १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो । ती सबै सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थीहरू “लर्न एन्ड अर्न” कार्यक्रम अन्तर्गत ११ महिनाका लागि इजरायलमा इन्टर्नसिप गर्न गएका थिए ।

बिपिन पनि सोही कार्यक्रमअन्तर्गत इजरायल पुगका थिए । नगरप्रमुख बोगटीसँगै प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बम, वडाध्यक्षहरू, वडासदस्यहरू लगायतका प्रतिनिधिहरूले स्व. जोशीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उनका परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका छन् । यस्तै विपिनको सम्झनामा चोक समेत बनाईने नगरपालिकाले जनाएको छ ।

ताजा समाचार

spot_img