फुटबल संघको मिडिया संयोजकमा महता

कञ्चनपुर : कञ्चनपुर जिल्ला फुटबल संघको मिडिया संयोजकमा धन बहादुर महता(विकास)लाई मनोनित गरिएको छ । जिल्ला फुटबल संघले महतालाई मिडिया संयोजकमा धन बहादुर महता(विकास)लाई मनोनित गरेको हो । फुटबल संघको ५ कार्तिकमा सम्पन्न भएको बैठकले महतालाई मिडिया संयोजकको जिम्मेबारी दिएको जनाएको छ ।

संघको आयोजनमा हुने एन्फा यू१४छात्र÷छात्रा अन्तर विद्यालय फुटबल प्रतियोगिता ०८२ मा बेलडाँडी गाँउपालिका क्षेत्रको संयोजकको समेत जिम्मेबारी दिएको हो । कञ्चनपुर जिल्ला फुटबल संघका महासचिव नितेश रावलले हस्ताक्षर गरेको मनोनित पत्रमा कार्य सफलताको कामना गरिएको छ ।

नेपाल पत्रकार महासंघ कञ्चनपुर सदस्य एव सुदूर दर्पण दैनिकका सहसम्पादक समेत रहेका पत्रकार एव फुटबल खेलाडी समेत रहेका महतालाई मिडिया संयोजकको जिम्मेबारीले थप काममा उत्साह थपिदिएको छ । आफुलाई जिल्ला फुटबल संघले दिएको जिम्मेबारी निर्भिकताका साथ पुरा गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।

ताजा समाचार

spot_img