कञ्चनपुर : कञ्चनपुरको भाँसी क्षेत्रबाट प्रहरीले जुवाडे पक्राउ गरेको छ । दिपावली सकिएको दुई दिनपछि पनि जुवातास खेलिरहेका जुवाडेलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । कञ्चनपुरका प्रहरी प्रवक्ता सागर बोहराले शनिबार राती भीमदत्त नगरपालिका १ भाँसी सुरेन्द्र भण्डारीको घरमा जुवातास खेलिरहेका ९ जनालाई पक्राउ गरिएको बताए ।

प्रवक्ता बोहराले हारजितको जुवा खेलिरहेका जुवाडे सहित खालबाट ५५ हजार १५रुपैया सहित तास बरामद गरिएको बताए । प्रहरीले दिपावली अघि र पछि पनि जुवाखालमाथि कार्बाही चलाईरहेको छ । दिपावली अघि जिल्लाका विभिन्न स्थानबाट जुवा, रुपैपा सहित मानिस पक्राउ गरेर मुद्दा चलाएको थियो । तिहारका बेला समान्य मनोरञ्जन बाहेक हजारौँ, लाखौँका जुवातास खेल्न नहुने समाजिक अगुवाहरुको सुझाव छ ।






