सुनको मुल्य बृद्धि भएपनि आयात दर उच्च

कञ्चनपुर :  नेपालमा चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा सुन आयात उच्च दरले बढेको छ । चालु आव तीन महिना (साउन–असोज) मा मात्रै ६ सय ६ किलो सुन आयात भएको हो ।भन्सार विभागका अनुसार गत आव पहिलो त्रैमासमा १ सय १३.५ किलो सुन आयात भएको थियो । तर, चालु आव पहिलो त्रैमासमा ६ सय १ किलो काँचो र करिब ५ किलो सुनका गहना आयात भएको हो ।

गत वर्षको तुलनामा भाउ बढेपछि लगानीकर्ताले सुनमा लगानी वृद्धि गर्दा माग बढेको हो । पछिल्लो समय बजारमा सुनको माग अधिक र आपूर्ति न्यून हुँदा अभाव बढेको थियो । बजारमा सुनको माग बढेपछि सरकारले आयात कोटा समेत बढाएको छ ।गत आव सुन आयात कोटा नै थोरै थियो । साथै, आर्थिक गतिविधिमा देखिएको सुस्तताका कारण सुनमा लगानी गर्ने लगानीकर्ताले समेत बिक्री गरेको अवस्था थियो । त्यसले गर्दा पनि गत आव पहिलो त्रैमासमा सुन आयात कम भएको देखिन्छ ।तर, चालु आव पहिलो त्रैमासमा विदेशी मुद्रा सञ्चितिमा आएको सुधारलाई सुनको लगानीतर्फ समेत परिचालन गर्दा आयात बढेको हो । सुनको भाउमा आएको निरन्तर सुधारले पनि लगानीकर्ता आकर्षित गरेको छ ।त्यसले पनि आयात बढ्नुमा महत्त्वपूर्ण भूमिका खेलेको छ ।

सुन आयात परिमाण कोटा पनि दैनिक २० बाट २५ किलो पुगेको छ । बैंकहरूले आयात गरेको सुन व्यवसायीहरूले खरिद गरेर सर्वसाधारणमा गहनाका रूपमा बिक्री गर्छन् ।चालु आव पहिलो त्रैमासमा १० अर्ब २५ करोड रुपैयाँ बराबरको काँचो सुन आयात भएको छ । त्यसबाट सरकारले १ अर्ब २ करोड राजस्व आम्दानी गरेको छ ।त्यसैगरी ७ करोड १५ लाख रुपैयाँ बराबर सुनका गरगहना आयात भएको छ । सुन गरगहना आयातबाट सरकारले करिब ३४ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । गरिबले सुन लगाउन नसक्ने गरेर बृद्धि भएको भयै छ ।

ताजा समाचार

spot_img