शुक्लाफाँटा नगरपालिकामा नातिनी बलात्कार

कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा एक बृद्धले आफ्नै नातिनी बलात्कार गरेको आरोपमा पक्राउ परेका छन । १६ बर्षिया नातिनीलाई ५५ बर्षिया बृद्ध बाजेले जबरजस्तीकरणीको आरोपमा पक्राउ परेका हुन । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता सागर बोहराले पीडितकी आमाले ईलाका प्रहरी कार्यालय झलारीमा दिएको जाहेरीका आधारमा पक्राउ गरिएको बताए ।

‘हामीले जाहेरीकै आधारमा पुरुषलाई पक्राउ गरिसकेका छौँ, ‘उनले भने, ‘दुवैको मेडिकल गराईसकेका छौँ, रिर्पोट आउन बाँकी छ ।’ शुक्रबार राती घटना लगतै बालिकाकी हजुरआमाले देखेपछि घटना बाहिरिएको जनाईएको छ । उक्त घटना बारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । शुक्लाफाँटा नगरपालिकामा यसरी हजुर बाजेले नातिनी बलात्कार गरेपछि बालिका, किशोरीदेखि महिला त्रसित भएका छन ।

ताजा समाचार

spot_img