महेन्द्रनगर – कञ्चनपुर र डडेल्धुरा जिल्लाको भित्रि मधेस जोड्ने दैजी–जोगबुडा सडक खण्डको कञ्चनपुरतर्फ १२ किलोमिटरमध्ये हालसम्म ५ किलोमिटर मात्रै कालोपत्रे निर्माण सम्पन्न गरीएको छ । निर्माण कार्य नगर्ने तर अन्तिम समयमा आएर म्याद थप गर्ने निर्माण कम्पनीको गलत प्रबृतिले पाचौ पटक थप गरीएको म्याद सकिदा पनि १२ किलोमिटर सडक कालोपत्रे निर्माण कार्य सम्पन्न हुन नसकेको हो ।

दैजी जोगबुढा सडकको कञ्चनपुरतर्फ निर्माण सम्झौता भएको आठ वर्षमा पाँच किलोमिटर मात्रै सडक कालोपत्रे गरीएको छ । सडक डिभिजन कार्यालय महेन्द्रनगर र नागार्जुन कन्स्ट्रक्सन विच २०७४ बैशाख ८ गते दुई बर्षभित्रमा अर्थात २०७६ साउन ५ गतेभित्र कालोपत्रे निर्माण सम्पन्न गर्ने गरी २१ करोड २६ लाख ५३ हजारमा ठेक्का सम्झौता भएको थियो । आठ बर्षको अन्तरालमा ५ किलोमिटर मात्रै कालोपत्रे गरेको निर्माण कम्पनीलाई पटकपटक गरी १८ करोड ३६ लाख रुपयाँ भुक्तानी भईसकेको छ । भने सम्झौता रकममध्ये २ करोड ९० लाख मात्रै भुक्तानी गर्न बाकिँ छ । तर ७ किलोमिटर सडक कालोपत्रे गर्न बाँकि छ । यहाँ एउटा प्रश्न खडा भएको छ । के पूर्वाधार विकास कार्यालय कञ्चनपुरले नागार्जुन कन्स्ट्रक्सनलाई बाकि ७ किलोमिटर सडक २ करोड ९० लाख रुपयाँमा कालोपत्रे गराउन सक्ला त ? पूर्वाधार किकास कार्यालय कञ्चनपुरबाट १४ पटक गरी १७ करोड ४० लाख ५६ हजार २७५ रुपयाँ नार्गार्जुन कन्स्ट्रक्सनलाई भुक्तानी गरीएको छ । बाँकि सडक डिभिन कार्यालय महेन्द्रनगरबाट भुक्तानी गरीएको हो ।

पूर्वाधार विकास कार्यालय कञ्चनपुरको रेकर्ड अनुसार निर्माण कम्पनीलाई २०७६ असार २५ गते १ करोड ८६ लाख ५५ हजार ९९९ रुपयाँ भुक्तानी गरीएको छ । त्यसैगरी ०७७ बैशाख १५ गते ३३ लाख ३५ हजार ७२८ रुपयाँ, ०७७ असार २० गते ३ करोड ४२ लाख ४ हजार ३०७ रुपयाँ, ०७७ कार्तिक ६ गते १ करोड ५० लाख ४१ हजार ८० रुपयाँ, ०७७ कार्तिक २८ गते एक करोड ९ लाख ३८ हजार ८०८ रुपयाँ, ०७७ पुष १५ गते २ करोड ३५ लाख २ हजार ४०३ रुपयाँ, ०७७ चैत्र १० गते १ करोड १५ लाख १६ हजार ६५२ रुपयाँ भुक्तानी गरीएको देखिन्छ । ०७८ फागुन १५ गते १ करोड ७१ लाख १७ हजार २१६ रुपयाँ, ०७८ जेठ २४ गते ७७ लाख ९६ हजार ७ सय रुपयाँ, ०७८ असार २८ गते १ करोड ६० लाख १० हजार ६६५ रुपयाँ भुक्तानी गरीएको छ । त्यसैगरी ०७९ फागुन १७ गते २० लाख ४० हजार २५२ रुपयाँ र ०८० बैशाख २८ गते १८ लाख ९६ हजार ४६५ रुपयाँ निर्माण कम्पनिले भुक्तानी लिएको देखिन्छ ।

भुक्तानि लिदा धमाधम लिने तर निर्माण कार्यको प्रगति हेर्दा शुन्य गतिमा रहेको छ । यसविचमा पटकपटक गरी छैटौ पटक म्याद थप भईसकेको छ । पाँचौ पटक थपिएको म्याद २०८२ असार २० गते समाप्त हुनु अगावै २०८२ असार ८ गते नै एक बर्षका(२०८३ असार २० सम्मका) लागि छैटौ पटक म्याद थप गरीएको पूर्वाधार विकास कार्यालय कञ्चनपुरका सूचना अधिकारी लक्ष्मणराज जोशीले बताए । ‘छैटौ पटक म्याद थप गरेका छौ, मन्त्रालयले नै टिप्पणीसहित म्याद थपका लागि पत्र पठाएको र निर्माण कम्पनीले पनि बैंक ग्यारेन्टी पेश गरेपछि म्याद थप गरीएको हो,’ सूचना अधिकारी जोशीले भने, ‘आशा गरौ यो बर्ष निर्माण कम्पनीले निर्माण कार्य सम्पन्न गर्नेछ ।’
संघिय सरकार मातहत रहेको उक्त सडक २०७५ मंसिर २७ गते प्रदेश सरकार मातहत आएपछि सडक डिभिजनले पूर्वाधार विकास कार्यालय कञ्चपनुरलाई हस्तान्तरण गरेको थियो । त्यसपछि पहिलो पटक म्याद थप २०७७ बैशाख २९ गते ०७७ पुष १४ गतेसम्मका लागि, दोस्रो पटक ०७७ माघ ११ गते ०७८ असार १४ गतेसम्मका लागि, तेस्रो पटक ०७८ भाद्र ३ मा ०७८ चैत्र मसान्तसम्मका लागि, चौथो पटक ०७९ साउन ३० गतेमा ०७९ चैत्र ३० सम्मका लागि, पाचौ पटक ०८१ बैशाख २० गतेमा ०८२ असार २०सम्मका लागि र छैटौ पटक ०८२ असार ८ गतेमा ०८३ असार २० सम्मका लागि म्याद थप भएको छ ।गत बर्ष निर्माण कम्पनीले कुनै पनि कार्य नगरेको पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी जोशीले बताए । गत बर्ष निर्माण कम्पनीले निर्माण कार्य नगरेकै कारण भुक्तानीसमेत गरीएन, निर्माण नगरेपछि हामीले कसरी दिनु ?,’ उनले भने ।उनका अनुसार पटकपटक गरी निर्माण कम्पनीले हाल सम्म १८ करोड ३६ लाख रकम भुक्तानी लिएको छ भने दुई करोड ९० लाख रकम मात्रै बाकि रहेको छ ।
कञ्चनपुरबाट डडेल्धुरालगायत सुदूरपश्चिमका पहाडी जिल्ला जान दूरीका हिसाबले नजिक पर्ने उक्त सडक पूर्वाधार विकास कार्यालय कञ्चनपुरको तोकेताको कमि र निर्माण कम्पनीका कारण समयमा सम्पन्न हुनेमा आसंका छ । समयमा सडक निर्माण सम्पन्न नहुदा स्थानीयले सास्ती पाउनका साथै दुई पटक गरी सवारी दुर्घट्नामा परी चार जनाले अकालमै ज्यान गुमाएका छन् । निर्माण कम्पनीको लापर्वाहीले समयमा सडक निर्माण सम्पन्न नहुदा यहाका स्थानीय धुलाम्य र हिलाम्य सडकमा मृत्यू दाउमा राखेर यात्रा गर्न बाध्य छन । यो सडक पञ्चायतको पालामा २०४२ बाट निर्माण सूरु गरीएको थियो । त्यसैगरी २०४८ देखि २०६७ सम्म ट्रयाक खोल्नका लागि दर्जन बढि ठेक्का दिईएको थियो । २०६७ पछि मात्र जिल्ला विकास समिति, ग्रामिण पुनस्र्थापना कार्यक्रम, नेपाल सरकार र पछिल्लो समय प्रदेश सरकारले करौडौ रुपया खर्च गर्दा पनि यो सडक कालोपत्रे हुन सकेको छैन् ।
निर्माण कम्पनीको लापर्वाहले ज्यानमारा बन्दै समयमा कालोपत्रे नहुदा यो सडकखण्ड स्थानीयको ज्यानमारा बन्दै गएको छ । ०८२ असोज १४ गते से १ ज ४१७ नम्बरको बोलेरो जिप बेदकोट ३ सिउडिबागमा दुर्घट्ना हुँदा दुई बर्षिया बालिकाको ज्यान जानुका साथै दर्जनौ यात्रु घाईते तथा अंगभंग भएका छन । घाईतेको अहिले पनि विभिन्न अस्पतालमा उपचार भईरहेको छ । त्यसैगरी दैजी जोगबुडा सडक खण्डकै परशुराम नगरपालिका वडा नं. ९ नाउलाको उरालो घुम्तीमा गत बर्ष २०८१ मंसिर ४ गते लु १ ज ४५७९ नम्बरको बोलेरो जिप दुर्घट्ना भएको थियो । उक्त दुर्घट्नामा ई.डम्बर धामी सहित तिन जनाको ज्यान गएको थियो । भने ९ जना घाईते भएका थिए ।





