कञ्चनपुर: कञ्चनपुरको एक सामुदायिक विद्यालयले निःशुल्क सव–ओभरसियरको पढाई संचालन गर्न लागेको छ । भीमदत्त नगरपालिका १८महेन्द्रनगर कटानमा रहेको महेन्द्रनगर मावि साधारण स्कुलले निःशुल्क सव–ओभरसियरको पढाई संचालन गर्न लागेको हो ।

चालु शैक्षिक सत्र ०८२मा पनि विद्यालयले २४महिने सव–ओभरसियरको निःशुल्क पढाई गर्न लागेको जनाएको छ । महेन्द्रनगर मावि(साधारण स्कुल) प्राविधिक धार तर्फका कार्यक्रम संयोजक ईन्जिनियर बसन्त भट्टले २४महिने औद्योगिक प्रशिक्षार्थी तालिम निःशुल्क पढाई हुने बताए । उनका अनुसार २०विद्यार्थीलाई निःशुल्क पढाई गरिने छ ।

‘हामीले सिटिभिटीले तोके अनुरुप प्रवेस प्रशिक्षा लिन्छौँ, ‘उनले भने, ‘प्रवेस परीक्षामा उर्तिण हुने विद्यार्थीलाई निःशुल्क पढाउँछौँ ।’ एसईई उर्तिण तथा एनजी पनि आएका सबै विद्यार्थीले मौका पाउनेछन । महेन्द्रनगर मावि नमुना विद्यालयले पछिल्ला बर्षहरुमा प्राविधिक तथा गैर प्राविधिक धार तर्फ उत्कृष्ट नतिजा ल्याउदै आएको छ ।

