राप्रपा नेपाल कञ्चनपुरको सिङ्गो पाटीको राप्रपामा समाहित

कञ्चनपुर : राष्ट्रिय प्रजातन्त्र पाटी(राप्रपा नेपाल) कञ्चनपुरको सिङ्गो कार्य समिति राष्ट्रिय प्रजातन्त्र पाटी(राप्रपा)मा समाहित भएको छ । शनिबार महेन्द्रनगरमा एक कार्यक्रमका विच राप्रपा नेपालको जिल्ला कार्य समिति राप्रपामा समाहित भएको हो । राप्रपाका युवा नेता करन पालले कमल थापा नेतृत्वको राप्रपा नेपालको जिल्ला कार्य समिति राप्रपा पाटीमा समाहित भएको बताए । ‘कमल थापा नेतृत्वको राप्रपा नेपालको सिङ्गै जिल्ला कार्य समिति सहितका साथिहरु एकसाथ हाम्रो पाटी राप्रपामा समाहित भएका छन, ‘उनले भने, ‘यो ऐतिहासिक कदम हो ।’

राप्रपा युवा नेता पालका अनुसार राप्रपा नेपालका जिल्ला अध्यक्ष घनश्याम रावल, उपाध्यक्ष दिल बहादुर नाथ, कमल भट्ट, सचिव हरिहर पाण्डेय, कोषाध्यक्ष लाल सिह विष्ट, सदस्यहरु गणेशदेव जोशी, कृपानाथ योगी, बागमती धामी, किसान संगठन केन्द्रीय सदस्य दल बहादुर चन्द, युवक संगठन सचिव गोबिन्द विष्ट, दिल बहादुर धामी सुप प्रदेश सदस्य, जिल्ला सदस्य राजेन्द्र विष्ट, महेन्द्र बहादुर विष्ट रहेका छन । पुर्व सशस्त्र प्रहरी बलका एसपी हर्क बहादुर विष्टले समेत राप्रपा प्रवेस गरेका छन ।

कट्टरराजावादी एव पुर्वउपप्रधानमन्त्री कमल थापा नेतृत्वको राप्रपा यसरी अर्का कट्टर राजावादी एव पुर्वमन्त्री राजेन्द्र लिङदेन नेतृत्वको पाटीमा प्रवेस गरेसंगै कमल थापालाई कञ्चनपुरमा झट्का लागेको छ । राप्रपा कञ्चनपुरका अध्यक्ष गजेन्द्र बहादुर चन्द, प्रदेश अध्यक्ष धर्मराज जोशी, केन्द्रीय सहप्रवक्ता पूर्ण बहादुर चन्द, महिला नेतृ लक्ष्मी मल्ल साउद सहितको स्वागत एव अब राप्रपा धुव्रीकृत हुनेक्रम शुरु भएको जनाएका छन ।

ताजा समाचार

spot_img