देउवालाई भारतमा सम्मान : प्रमाण पत्र, नगद एव चाँदिको सिक्का

कञ्चनपुर : सुदूरपश्चिम प्रदेश(नेपाल)का एक नेपाली युवकलाई भारतमा सम्मान गरिएको छ । कञ्चनपुरको बेलडाँडी गाँउपालिका १झर्नासागरका स्थानीय सुरेन्द्र बहादुर देउवालाई भारतमा सम्मान गरिएको हो । भारतको सुरत स्थित अबद यु टोपिया होटलमा कार्यरत देउवालाई होटलले सम्मान एव पुरस्कार प्रदान गरेको छ ।

देउवालाई होटलमा उत्कृष्ट कर्मचारी र दिर्घकालिन सेवा गरे बाफत पुरस्कृत एव सम्मान गरेको छ । देउवालाई होटलका संचालक दृष्टि एव प्रबन्ध निर्देशक दिलिप र म्यानेजर विकास शर्माले प्रमाण पत्रका साथै सम्मान गरेको छ । उनलाई नगद सहित चाँदीको सिक्का सहित सम्मान पुरस्कृत गरिएको छ ।

झण्डै १२ बर्षदेखि होटलको किचनशाखामा कार्यरत नेपाली युवाको सीम,श्रम,कुसलताको सम्मान गरेको छ । सम्मान, पुरस्कारबाट आगामी दिनमा जिम्मेबारी थपिएको बताए । देउवालाई सम्मान पुरस्कारसंगै उनको घर परिवार, आफन्त साथीभाई हर्षित हुँदै आगामी दिनमा पनि यस्तै सम्मान एव पुरस्कारको अपेक्षा राखेका छन ।

ताजा समाचार

spot_img