जगदम्बा पब्लिकेशनद्वारा कृष्णपुर नगरपालिकालाई कम्प्युटर सहयोग

कञ्चनपुर : सुदूरपश्चिम प्रदेशको जगदम्बा पब्लिकेशनद्वारा प्रालिले कञ्चनपुरको एक पालिकालाई कम्प्युटर सहयोग गरेको छ । जगदम्बा पब्लिगेशन प्रालि महेन्द्रनगर धनगढी शाखाले कृष्णपुर नगरपालिकालाई कम्प्युटर उपकरण सहयोग गरेको हो । गत भदौँमा भएको जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको पालिका कार्यालयमा दैनिक प्रशासनिक कामकाज संचालनका लागि जगदम्बा पब्लिगेशन प्रालिले कम्प्युटर सेट सहयोग गरेको जनाएको छ ।

बिहीबार एक कार्यक्रमका विच जगदम्बा पब्लिकेशन प्रालिका संचालक नरसिह धामीले कृष्णपुरका मेयर हेमराज ओझालाई हस्तान्तरण गरेका छन । जगदम्बा पब्लिकेशन प्रालिका संचालक नरसिह धामीले पालिका संकटमा परेका बेला समाजिक उत्तरदायीत्व अन्र्तरगत शिक्षा शाखालाई दिएको बताए । ‘कम्प्युटर उपकरण अभावले शिक्षाको कामकाज प्रभावित नहोस भन्ने हाम्रो उदेश्य हो, ‘उनले भने, ‘मुलुक नै संकटमा परेका बेला बालबालिकाको शिक्षा प्रभाव नपरोस भन्ने हाम्रो पनि सकल्प हो ।’ कम्प्युटरदाता जगदम्बा पब्लिकेशन प्रालिलाई कृष्णपुर नगरपालिकाले अभार प्रकट गरेकोे छ । मेयर होमराज ओझाले पालिका संकटमा परेका जगदम्बा सहितका दाताहरुप्रति आभार प्रकट गरेका छन ।

ताजा समाचार