कञ्चनपुर : देशको पश्चिमी भूगोलमा कञ्चनपुरकोे दोधाराचाँदनी नगरपालिका पर्छ । दोधाराचाँदनीको उत्तर शिरानीबाट महाकाली र जगबुढा नदी दक्षिणतिर बग्छन । तर, दुवै नदीले हरेक बर्षातका बेला तटिय क्षेत्रका जनताको थाकथलो उठिबास गराउँछ । दुवै नदीबाट स्थानीय सरकारले करोडौँ आम्दानी गर्छ, नदी भएर पालिका सरकारले मात्रै होईन प्रदेश केन्द्र सरकारले पनि आम्दानी गर्छन, तीनै सरकार जनताको पीडा थाहा पाउँछन, थाहा पाईपाई पनि जनताका समस्या समाधान गर्न चाहदैनन् । हरेक ५ बर्षमा चुनावी एजेण्डाका लागि पनि विपद्को विषय उठाउँछन ।चुनावका बेला महाकाली र जगबुढा नदी नियन्त्रणदेखि बलियो तटबन्ध बनाउँछु भन्दै जनताका सामु भगवानकै कसम खान्छन, चुनाव जित्छन, जनप्रतिनिधी, सांसद, मन्त्री हुँन्छन, जनताको पीडा मात्रै होईले आफैले बाचा गरेका आफैलाई पनि ढाट्छन ।

यस बर्षपनि १४ देखि १७ भदौँसम्म अबिरल रुपमा परेको बर्षातसंगै जगबुढा नदीमा आएको वाढीले जनताकै उद्दारमा खटिने सशस्त्र प्रहरी बलका दुई बिओपी (सुन्दरनगर, कञ्चनभोज) ब्यारेक नै स्थापित भए । ५२ परिवार प्रत्यक्ष विस्थापित भए अप्रत्यक्ष घरमा पानी पसेका डेढसय बढी रहेका छन । तटिय क्षेत्रका वाढीपीडितदेखि स्थानीयले अब दोधाराचाँदनी नगरको विपदको राष्ट्रिय रुपमा दिर्घकालिन समस्या समाधान खोज्नुपर्ने बताईरहेका छन । दोधाराचाँदनी नगरका स्थानीय अगुवा तमान सिह गुरुङ्गले अब पीडितका राहत होईन, निकास दिनुपर्ने बताउँछन । ‘हरेक बर्ष बर्षातका बेला पानी पर्छ, नदीखोला नालाको सतह बृद्धि हुन्छ, त्यही बृद्धि भएको पानी विभिन्न ठाँउमा कमजोर बनाएको बाँध भत्काएर गाँउतिर हुईकिन्छ, गाँउमा डुवान एक बर्ष होईन बर्ष’बर्ष हुन्छ, ‘उनले भने, ‘चुनावका बेला दल, नेताहरुलाई जनताका पीडा देखाएर भोट माग्न र चुनावी एजेण्डा बनाउन पनी हुन्छ, एनजिओ आईएनजिओहरुलाई त्यही विपद् देखाएर दातृ निकायबाट प्रपोजल हालेर डलर भित्र्राउन मात्रै भएको छ ।’ उनले विपदमा परेका जनताको पीडा देखाएर दल, तिनका नेता, जनप्रतिनिधी, सांसद,मन्त्रीलाई राजनीतिक गर्न र एनजिओ आईएनजिओहरुलाई डलर पचाउने बहानाबाजी मात्रै भएको बताए ।

दोधाराचाँदनी नगरका स्थानीय अगुवा भीम कुमालले चुनावका बेला दल, तिनका नेताहरुले एजेण्डा बनाउने, चुनाव जितेपछि केही गर्ने अर्को चुनावका लागि एजेण्डा बनाउने प्रवृति हावि भएको बताए । उनले एनजिओ, आईएनजिओहरुले एकदुईछाक वा नास्ता दिएर प्रचारबाजी गर्नुको कुनै तुक छैन, त्यस्तो काम स्थानीय सरकारले पनि गर्नुपर्ने बताए । पीडितको नाम देखाएर राजनीतिक र गास देखाएर डलर पचाउने एकै प्रवृति भएको बताउँदै उनले उक्त समस्याको दिर्घकालिन समाधान स्थायी तटबन्ध भएको बताए । अर्का स्थानीय गोपाल सुनारले वालुवा हालेर तटबन्ध बनाउने, तटबन्ध निर्माणका लागि आएको बजेट दुरुपयोग हुँदा आफुहरु मारमा परेको बताए । ‘हरेक चुनावमा दल, तिनका नेताहरुले बलियो पक्की तटबन्ध बनाईदिने आश्वासन दिएपछि अहिलेसम्म केही गरेका छैनन ।’ स्थानीय दुर्गा शाहीले विपदमा परेका जनताका लागि सरकारले घर बनाईदिन्छु भनेपनि अहिलेसम्म केही नगरेको दुखेसो पोख्दै आफुहरुका पीडा देखाएर दललाई राजनीति गर्न र एनजिओहरुलाई डलर पचाउने काम भएको बताईन । ‘यहाँ एनजिओहरुले पीडितलाई राहत दिने विषयमा होडबाजी, प्रचारबाजी मात्रै हुन्छ, ‘उनले भने, ‘मानविय पीडा देखाएर आफ्नो दुनो सोचाउने काम भएको छ ।’ उनले दलका नेताहरुले चुनावमा बोट माग्ने आधार बनाउने, एनजिओ, आईएनजजिजोहरुले हरेक बर्ष यहाँको विपती देखाएर डलर पचाउने गरेको बताउँदै समस्या समाधान भएपछि राजनीतिक र एनजिओका दोकान बन्द हुने कटाक्ष गरेका छन ।

स्थानीय सर्वजित रोकायाले पीडितलाई चामल, चाउचाउ, चिउरा दिएर टार्ने भन्दा बलियो तटबन्ध निर्माण गरेर सदाका लागि वाढीमुक्त गराउनुपर्नेमा जोडदिएका छन । उनले अब चाउचाउ, चिउरा, चामल दिएर पीडितको समस्या समाधान होईन निकास दिनका लागि बलियो तटबन्ध निर्माणको विकल्प नभएको बताए । जगबुढा नदी तटिय क्षेत्र कुतियाबरका स्थानीय टेक बहादुर सुनारले हरेक बर्ष वाढीले कटानी, डुवान गरेपनि त्यसको दिर्घकालिन समाधान नभएको दुखेसो पोखेका छन । उनले पटक पटक तीनै तहका सरकारसंग बलियो पक्की तटबन्धको माग अघि सार्दै आएपनि चुनावमा बेलामा मात्रै झुटा आवश्वासन दिने गरेको बताए । पटराखल्लाकी स्थानीय रतन लुहारले गाँउमा आउने नेताहरुसंग हात जोडेर राम्रो तटबन्ध बनाईदेउ भन्दा पनि बलियो तटबन्ध निर्माण नगरिदिने गरेको दुखेसो पोखिन । ‘असारदेखि असोजसम्मै आकासमा पानी पर्दा हामीलाई चिन्ता हुन्छ, हामी रातभरी सुत्दैनौँ, ‘उनले भनिन, ‘हरेक बर्ष विस्थापित हुन्छौँ, सरकारले विद्यालयमा सार्द, त्यहाँ सरकार एनजिओहरुले चाउचाउ, बिस्कुट, चालम दिन्छन, त्यसबाट हामीहरुको दिर्घकालिन समस्या समाधान हुँदैन ।’ तरपनि स्थानीय सरकारले केही नगरेको अवस्थामा विदेशबाटै डलर ल्याएर भएपनि हामी पीडितहरुलाई हरेक विपदमा एनजिओहरुले नै गरेको बताउँछिन । हाम्रा हरेक समस्यामा विदेशी, एनजिओको भर भन्दा सरकार सक्षम हुनुपर्ने उनको सुझाव छ ।
भानु बहुमुखी क्याम्पसका प्रमुख प्रकास बहादुर चन्दले दोधाराचाँदनी नगरको वाढी, डुवान, कटानको समस्या दीर्घकालिन समाधानका लागि दुवै नदीकोे हेडटुटेलसम्मै बलियो बाँध बाँधेर नदीलाई नदीकै एरियामा बनाउनुपर्ने सुझाव दिएका छन ।
दोधाराचाँदनी नगरपालिका ६ का वडाध्यक्ष समेत रहेका युवा नेता ओम बस्नेतले समस्यामो मुल विषय थाहाहुँदाहुँदै पनि ठुला नेताहरुलाई चुनावमा भोट माग्ने मात्रै थलो भएको बताए । उनले एनजिओआईनजिओहरुले एकतर्फ रुपमा राहत वितरण गर्दै आएको बताए । दोधाराचाँदनी नगरका मेयर किशोर कुमार लिम्बुले पालिकासंग तटबन्ध निर्माणका लागि बजेट नहुने, प्रदेश र केन्द्रले नदिदा समस्या हुने गरेको बताए । कञ्चनपुरका प्रहरी प्रवक्ता सागर बोहराले बुधबार दिउँसोसम्म पीडित घर नफर्किएको बताउँदै घरमा सरसफाई गरिएको र आजै बस्ने अवस्था भए फर्किने बताए ।
