कञ्चनपुर : नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी र योङ्ग कम्युनिष्ट लिग(वाईसियल)ले गृह मन्त्रालयमा ज्ञापन पत्र बुझाएको छ । बुधबार अखिल क्रान्तिकारी र वाईसियलले संयुक्त रुपमा जिल्ला प्रशासन कार्यालय कञ्चनपुर मार्फत तीन माग अघि सारेर ज्ञापन पत्र बुझाएको हो ।

अखिल क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष दल बहादुर धामी(अबिरल)ले जेन आन्दोलन पश्चात देशलाई अस्थिरता पार्ने कुचेष्टा भईरहेकोे भन्दै पाटी र नेतृत्व प्रति दुष्प्रचारबाजी गर्ने गिरोहलाई कार्बाहीको माग अघि सारेको बताए । झुटा र तथ्यहिन प्रचारबाजी गर्ने व्यक्तिहरुमाथि निष्पक्ष छानबिन गरेर कानुनी कार्बाही गर्नुपर्न, संगठन, नेतृत्वमाथि राजनीतिक प्रतिशोधमा आधारमा धम्क्याउने, तर्साउने, काम बन्द गरिनुपर्ने माग अघि सारेका छन ।

जेनजीका नाममा सविधान मिच्ने काम गरे त्यस बिरुद्धमा सचेत रहन चेतावनी दिएको छ । अखिल क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष दल बहादुर धामी(अबिरल) र वाईसियल कञ्चनपुरका संयोजक रमेश पार्कीद्वारा संयुक्त हस्ताक्षरित ज्ञापन पत्र पत्रमा पाटी नेतृत्व बिरुद्धमा दुष्प्रचारदेखि लान्छाना लगाउने काम बिरुद्धमा आन्दोलनको चेतावनी दिएका छन ।

