भीमदत्त नगरका महिलालाई व्यवसाय शुरु एव सुधार तालिम

कञ्चनपुर: कञ्चनपुरको भीमदत्त नगरका महिलाहरुलाई व्यवसाय शुरु तथा सुधार तालिम दिईएको छ । व्यवसाय शुरु गरेका महिला र अब व्यवसाय शुरु गर्ने महिलाहरुलाई निड्स नेपालले तालिम दिएको हो । निड्स नेपाल ईमपावरिङ्ग हर(महिला शसक्तिकरण परियोजना) संयोजक नविन भट्टले भीमदत्त नगरका १९वटै वडाहरुका २० महिलालाई सात दिने व्यवसायिक क्षमता अभिबृद्धि तालिम दिएको बताए । उनका अनुसार नगरका सबै वडाहरुमा रहेका महिला शसक्तिकरण समुह मार्फत केही व्यवसाय शुरु गरेर केही गर्ने योजना बनाएका महिलाहरुलाई व्यवसायिक क्षमता विस्तार तालिम दिएको बताए ।

‘महिलाहरुलाई व्यवसायिक सीप सिकाएर उनीहरुको क्षमता अभिबृद्धि गर्दै आत्मनिर्भर बनाउने हाम्रो उदेश्य हो, ‘उनले भने, ‘व्यवसायिक तालिमले आफु मात्रै होईन घर परिवार, समुदायमा प्रभाव पार्ने काम गर्नुपर्छ ।’ तालिमका मुख्य प्रशिक्षक भीम बहादुर विष्टले तालिमका सिकेका विषयबस्तु व्यवहारिक जिवनमा प्रयोग गरे मात्रै तालिकको सार्थकता हुने बताउँदै सानैबाट भएपनि व्यवसाय शुरु गर्न आग्रह गरेका छन । तालिम समापन कार्यक्रमका प्रमुख अतिथि समेत रहेका भीमदत्त नगरका विपद् व्यवस्थापन शाखाका नासु मनोज भट्टले अहिले सिकेको सिप आजैबाट शुरुवात गरेर अघि बढ्नुपनेृमा जोडदिएका छन ।

निड्स नेपालकी उपाध्यक्ष निर्मला धामीले निड्स नेपालले पहिलेदेखि महिलाको सीप विकासका तालिम दिर्दै आएको आगामी दिनमा पनि दिने बताए । मंगलबार समापन कार्यक्रममा तालिमका सहभागिहरुले सैद्धान्तिक एव व्यवहारिक ज्ञान सीप सिकेकाले व्यवसाय गर्ने प्रतिज्ञा गरेका छन । भीमदत्त नगरपालिका ११की स्थानीय लक्ष्मी जोशीले व्यवसाय शुरुवातको योजनादेखि कसरी सचालन गर्ने विषय सिकेको बताउँदै आगामी दिनमा व्यवहारिक रुपमा कार्यान्वयनमा प्रतिबद्धता जाहेर गरेकी छिन । भीमदत्त नगरपालिका ७की पावर्ती खत्रीले तालिममा कुनैपनि व्यवसाय कसरी गर्ने गराउने विषयमा ज्ञान आर्जन गर्दै योजना बनाएर अघि बढनुपर्ने बताईन ।

ताजा समाचार