कञ्चनपुर : दुई बर्षदेखि हमास समुहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको अवस्था बारे ईजरायली अधिकारीलाई उदृत गर्दै ईजरयली राजदुत धन प्रशाद पण्डितले जोशीको घर परिवारलाई जिवित नभएको जानकारी गराएपछि विपिनको परिवारमा सन्नटा छाएको छ । भीमदत्त नगरपालिका ३ महेन्द्रनगर विचपुरी टोल स्थित विपिनको घर परिवार आफन्तमा सन्नटा छाएको हो । ईजरायली सरकारले दुताबास मार्फत घर परिवारलाई दिदै आएको सुचना विश्वस्त नभएको भन्दै घर परिवार एकातिर अन्यौलमा अर्कातिर अझै आशावादी छन । हमास समुहले सोमबार २० कैदीबन्दीसंगै विपिन जोशी पनि रिहा गर्ने प्रचारबाजी भएपनि अन्तिममा आएर विपिन जिवित नभएको विषय बाहिरिएपछि अमेरिकामा रहेकी विपिन जोशीको बहिनी पुष्पा, आमा पदमा र नेपाल(घरमै) रहेका बाबु महानन्दमाथि थप पीडा थपिएको छ ।

ईजरायल र ईजरायल राजदुतबाट विपिन बारे आएका खबरमा अझै पनि अन्यौलता छाएको छ । तर, घर परिवार भने, विपिन जिवितै रहेको आशावादीमा छन । विपिनका दाजु किशोर जोशीले आफुलाई विपिन जिवितै रहेको विश्वास रहेको बताए । ‘मलाई र घर परिवारलाई समाचारले झन तनाव थपिदिएको छ, ‘आशा गरौँ, यत्रो दुई बर्ष त कुरियो, अब फेरी पनि कुछौँ, उताबाट २० जना मात्रै रिहा भएका हुन, अझै बन्धक रिहा हुन बाँकी पनि छन, ‘पुरै रिहा नहुँदासम्म हामी पूर्ण आशावादी छौँ ।’ दुई बर्षदेखि विपिनको घरमा खुसी छाएको छैन । सोमबार आफन्तको घरमा श्र्रद भएकाले विपिनको घरमा बाबु महानन्द उतै थिए । घरमा आएका आफन्तमा निरासा थियो । सुदूरपश्चिम विश्वविद्यालय कृषि संकाय अन्र्तरगत लर्न एण्ड अर्न कार्यक्रमका लागि ईजरायल गएका थिए । विपिनका सहकर्मीले ज्यान गुमाउनेदेखि घाईते भएका थिए । उक्त आक्रमणमा इजरायल–हमासको द्वन्द्वसँग कुनै सम्बन्ध नभएका १० नेपाली विद्यार्थी मारिएका थिए। तिनमध्ये सात जना सुदूरपश्चिमका थिए।

मृतकमामा कैलाली घोडाघोडीका नारायणप्रसाद न्यौपाने, कैलाली बौनियाका आशिष चौधरी, दार्चुला लेकमका दीपेशराज विष्ट, दार्चुला मालिकार्जुनका लोकेन्द्रसिंह धामी, बझाङ जयपृथ्वीका गणेशकुमार नेपाली, धनुषा सपाहीका आनन्द साह, सुनसरी मधुवनका राजेशकुमार स्वर्णकार, डोटी पचनालीका राजन फुलारा, डोटीकै लमिखालका पदम, र सल्यान सारदाका प्रवेश भण्डारी थिए। त्यो आक्रमणमा चार नेपाली घाइते भएका थिए, उपचारपछि उनीहरू नेपाल फर्किएका छन्। सेदोत नेगेभ क्षेत्रमा रहेका १७ जना नेपाली विद्यार्थीमध्ये अधिकांश सुदूरपश्चिम विश्वविद्यालय (टीकापुर बहुमुखी क्याम्पस) का थिए। “लर्न एण्ड अर्न” कार्यक्रमअन्तर्गत कुल २६५ नेपाली विद्यार्थी इजरायल पुगेका थिए, जसमा ४९ जना सुदूरपश्चिम विश्वविद्यालयका थिए । घटनाले अहिलेसम्म मृतकदेखि घाईते, वेपत्ता परिवारमा बेचैन उत्पन्न गराएको छ ।

