कञ्चनपुर : कञ्चनपुरमा बाहै्रमास व्यवसायिक समान तस्करी गैर कानुनी भएपनि व्यवहारिक रुपमा समान्य जस्तै छ । तर, प्रतिबन्धित समान्य प्रकृतिका बिस्पोटक पदार्थ(पटाका)मा पनि सेटिङ्गमै भएको रहस्य खुलेको छ । भारतीय बजारबाट सहजै लाखौँका पटाका व्यवसायीले खुलेयाम भित्र्राएको एक रहस्य खुलेको हो । प्रहरीले जिल्ला सदरमुकाम महेन्द्रनगर बजारबाट एक व्यवसायीको घरमा गोदाममा राखेको अवस्थामा पटाका बरामद गर्नुको साथै व्यवसायीहरुलाई पनि पक्राउ गरेको छ । तिहारका लागि भारतीय बनबासा, टनकपुर, खजुरिया सहितका बजारबाट ल्याएका पटाका कञ्चनपुर प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता सागर बोहराले भीमदत्त नगरपालिका ३ भाँसी महेन्द्रनगर व्यवसायिक खडक पालको घरबाटै बरामद गरेको बताए । प्रवक्ता बोहराका अनुसार २८ लाख, ९८ हजार ६५० रुपैया बराबरका विभिन्न प्रकारमा पटका बरामद गरिएको छ । यती ठुलो परिमाणमा पटाका जस्तो सम्वेदनशिल बस्तु कसरी सीमा क्षेत्रबाट नेपाल भित्र्रिएको नागरिकले प्रशन गरिरहेका छन । जिल्लाका सबै तिर खुला सीमा क्षेत्रमा सशस्त्र प्रहरी, नेपाल प्रहरीका युनिट भएपनि यसरी खुलेयाम पटाका तस्करीले सीमा क्षेत्रमा रहेका सशस्त्र प्रहरी र नेपाल प्रहरीका युनिटमाथि प्रशन खडा गरिदिएको छ । साथै व्यवसायीहरुले भन्सारमा अन्य कुनै समानको राजस्व कटाएर पटाका भित्र्राएको समेत अर्थ लगाईरहेका छन । कञ्चनपुरका प्रहरी प्रमुख खडक बहादुर खत्रीले बरामद गरिएको पटाका नष्ट गरिएको बताए ।

पक्राउ परेका व्यवसायी पालमाथि मुलुकी अपराध संहिता ०७४को परिच्छेद ७ बिस्पोटक पदार्थ सम्बन्धी कसुरको दफा १३९ बिष्पोटक पदार्थ कारोबार गर्न नहुने दफा अनुरुप कार्बाही प्रकृया अघि बढाएको बताए । ‘यो ठुलो परिमाणका पटका बरामद र मानिस पक्राउ गरेर अनुसन्धान अघि बढाएका छौँ, अदालतबाट पनि म्याद थप भईसकेको छ, ‘एसपी खत्रीले भने, ‘यस बारे थप अध्ययन अनुसन्धान भईरहेको छ ।’ उक्त ऐन अनुरुप ३ बर्ष कैद र ३० हजारसम्म जरिवानाको व्यवस्था गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको यो एक्सनले आउँदै गरेको दिपावलीका बेला प्रतिबन्धित पटका पटकाएर मानविय तथा भौतिक सम्भाव्य क्षति रोकिने आँकलन गरिएको छ । पछिल्ला दिनहरुमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले यसरी पटाकादेखि जुवातास नियन्त्रण गर्न थालेपनि मातहतका प्रहरी इकाईले नगरेपछि प्रहरीभित्रै शंका उपशंका उत्पन्न हुन थालेको छ । ठुलो परिमाणमा मानविय एव भौतिक क्षति पु¥याउने समान्य प्रकृतिका पटाका बरामद गरेपछि अभिभावकले प्रहरीको कामको प्रसंसा गरेका छन ।
