कञ्चनपुर : कञ्चनपुरको एक सामुदायिक वनले रजतमहोत्सव मनाएको छ । बेदकोट नगरपालिका ६मुसेपानीमा रहेको गणेश सामुदायिक वनले रजत महोत्सव मनाएको हो । शनिबार एक कार्यक्रमका विच सामुदायिक वनले रजतमहोत्सव मनाएको छ । डेढ दशकअघि स्थापना भएको चुरे तटिय क्षेत्रको सामुदायिक वनले वन, पर्यावरण सरक्षणदेखि उपभोक्ताहरुलाई सहजै काठदाउरा उपलब्ध गराएको जनाएको छ । गणेश सामुदायिक वनका अध्यक्ष किशन सिह भण्डारीले स्थापनाकालदेखि हालसम्मको नेतृत्व, पदाधिकारी, समितिको अथक प्रयास आम उपभोक्ताहरुको साथ सर्मथन एव सरोकारवाला निकायको सहयोग, समन्वयमा सामुदायिक वन हराभरा भएको छ । ‘पहिले यो वन उडान थियो, एक ठाँउबाट अर्को ठाँउमा हेर्दा डाडै डाडा देखिन्थे, ‘उनले भने, ‘अहिले सामुदायिक वनले पर्यावरण सरक्षण गर्दै आम उपभोक्ताहरुलाई समेत सहज, सुलभ अति आवश्यकीय काठ, दाउरा उपलब्ध गराउँदै आएका छौँ ।’

सामुदायिक वनमा हुने चोरी,तस्करी, चरिचन बन्द भएपछि वन अहिले वन जस्तै भएको उनको दावि छ । सामुदायिक वन सरक्षणका लागि तारबार, तटबन्ध, वनका जनावर गाँउमा पस्न नदिने बलियो मेसवायर, वनभित्र थप विभिन्न प्रजातिका विरुवा बृक्षारोपण, चुरे क्षेत्रमा तटबन्धदेखि वनमा उत्पादित काठ दाउरा सहज रुपमा उपभोक्ताहरुलाई वितरण गर्दै आएको बताए । ‘हाम्रो वन ४सय ८२हेक्टर क्षेत्रफलमा फैलिएको छ, ‘उनले भने, ‘साढे बाह्य सय उपभोक्ता छन, उनीहरुलाई दाउरा र काठ सहजै उपलब्ध गराएका छौँ ।’ सामुदायको समाजिक बृद्धि विकासका लागि निःशुल्क दाउरा, दाहसंस्कार, समाजिक कार्यका लागि निःशुल्क दाउरा उपलब्ध गराएको बताए । आगामी दिनमा चुरेसंगै जोडिएको वनमा थप तटबन्ध निर्माण गरे भूक्षयिकरण रोक्दै वनदेखि बस्ती सरक्षण गर्ने योजना रहेको बताए । ‘हाम्रो वनको उत्तरमा चुरेपछि डडेल्धुराको क्षेत्र आउँछ, ‘उनले भने, ‘चुरेमा वन सरक्षणमा पहिरोले चुनौती थपिएको छ, अब सरोकारवाला निकायबाट सहयोग मागेर भूक्षयिकरण रोक्छौँ ।’ गणेश समुदायिक वनका कोषाध्यक्ष रामसिह धामीले चालु आर्थिक बर्ष ०८२/०८३को बजेट प्रस्तुत गर्दै वनको बृद्धि विकासका लागि आर्थिक स्रोत आवश्यक रहेको बताए ।

उनले ७९लाख, ३४ हजार बराबरकोे बजेट प्रस्तुत गरेका छन । कोषाध्यक्ष धामीका अनुसार ०५७सालमा स्थापना भएको उक्त गणेश सामुदायिक वन उतिबेला उडान थियो । सरकारले वनलाई सामुदायमा हस्तान्तरण गरेपछि गणेश अहिले सामुदायिक वनकोे बृद्धि विकासमा अग्र मोर्चामा रहेको उनको दावि छ । लेखा समिति संयोजक जयदेव बडूले सामुदायिक वनको लेखा प्रणाली समेत चुस्त दुरुस्त रहेको बताए । उनले वनको काठ बिक्रि वितरणदेखि आयव्यय सबै क्षेत्र पारदर्शी भएको बताए । सामुदायिक वनका उपभोक्ता एव बैजनाथ माविका प्रद्यानाध्यापक नवराज पन्तले सामुदायिक वनले शैक्षिक क्षेत्रमा पूर्वाधारदेखि प्रोत्साहनका कार्यक्रम संचालन गरेको बताए ।

शिक्षक बुद्धिजिवी पन्तले सामुदायिक वनले आफ्नो कार्य क्षेत्रमा रहेका सरकारी विद्यालयको भौतिक सरचना, पूर्वाधारका साथै उत्कृष्ट विद्यार्थीलाई पुरस्कार प्रदान गरेको बताए । उनका अनुसार ०७१को एसईईमा उत्कृष्ट जिपिए ल्याउने उपभोक्ताका सन्तानहरुलाई समेत पुरस्कार प्रदान गरिएको छ । सरस्वती रैसालाई नगद ५ हजार ५सय, दिपेश भट्टलाई ५ हजार, ललिता धामीलाई ४ हजार ५ र मनोज धामीलाई ४ हजार सहित प्रमाण पत्र प्रदान गरिएको बताए । रजत महोत्सवमा स्वागत मन्तव्य राख्दै सामुदायिक वनकी सचिव निर्मला भट्ट(जोशी)ले सामुदायिक वन स्थापनादेखि हालसम्म वनको बृद्धि विकास, समाजिक क्षेत्रमा काम गर्दै आएका सरक्षणकर्मी व्यक्तित्वहरुलाई प्रमाण पत्रका साथै सम्मान गरिएको बताए ।
कार्यक्रममा सरोकारवालाहरुले समेत सामुदायिक वनले पर्यावरण सरक्षणदेखि सामुदायमा गर्दै आएको समाजिक कामको प्रसंसा गरेका छन । चुरे सरक्षण सञ्जालका अध्यक्ष रविन्द्र कुँवरले सामुदायिक वनमा सञ्जालले समेत सहयोग गरेको बताउँदै आगामी दिनमा थप चुरे सरक्षणका कार्यक्रममा जोडदिए । बेदकोट नगरपालिका ८का वडाध्यक्ष महेशराज जोशीले सामुदायिक वनले स्वच्छ वातावरणका साथै सामुदायमा आवश्यकीय ईन्धनको स्रोत काठ दाउरमा थप सहज उपलब्ध गराउनुपर्नेमा जोडदिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका बेदकोट नगरका मेयर भोजराज बोहराले सामुदायिक वन पनि समुदायको बृद्धि विकासको मेरुदण्ड भएको बताए । मेयर बोहराले सामुदायिक वनको सरक्षणका साथै थप समाजिक काम गर्नुपर्नेमा सुझाव दिर्दै पालिकाबाट आवश्यक सहयोगको बचन दिएका छन । महोत्सवमा विभिन्न विद्यालयका विद्यार्थी समुदायिकबाट सुदूरपश्चिमको लोक संस्कृति झल्किने नृत्य प्रस्तुत गरिएको थियो ।
