उल्टाखामका चन्दको पसलबाट जुवातास खेल्ने १२ पक्राउ

कञ्चनपुर :  कञ्चनपुर प्रहरी यस बर्ष दशैँ तिहारका बेला व्यवसायिक रुपमा जुवातास खेल्ने खेलाउनेलाई पक्राउ गर्न शुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता सागर बोहराले भीनपा ३ उल्टाखामबाट जुवातास खेलिरहेका १२ जुवाडे सहित १लाख, १५ हजार ६१५रुपैया नगद र २ गड्डी तास बरामद गरेको बताए ।

तर प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको जुवा कार्बाहीमा उल्टाखामकी लक्ष्मी चन्दको पसलबाट जुवाडे पक्राउ गरेको सार्वजनिक गरेको छ । गत विगतका बर्षहरुमा प्रहरीले जुवाखालबाट पक्राउ गरेका सबैको विवरणदेखि स्थान होटल, घर खुलाएपनि अहिले गोप्य राख्दै आएको छ ।

यसरी नागरिकमा कतै नाम, ठेगाना गोप्य राखेर प्रहरी जुवाडेसंग बार्किनिङ्गमा त लिप्त छैन भनेर शंका उपशंका गरेका छन । नाम गोप्य राख्ने अनि किन पक्राउ गर्ने भन्दै प्रहरीमाथि प्रशन उठिरहेको छ ।

ताजा समाचार