२० असोज देखि कञ्चनपुर प्रशासनले सेवा शुचारु गर्ने

कञ्चनपुर :  देशभर भारी बर्षाका कारण सरकारले १९, २० असोजमा सार्वजनिक विदा दिए पनि कञ्चनपुर प्रशासनले सेवा प्रदान गर्ने जनाएको छ । १७ शुक्रबारदेखि २० असोज सोमबारसम्मै देशभर भारी बर्षा हुने जल तथा मौसम विज्ञान विभागले प्रक्षेपण गरेपनि कञ्चनपुर सहित सुदूरपश्चिममा भारी बर्षा नहुँदा प्रशासनले सोमबारदेखि सेवा प्रदान गर्ने जनाएको छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले सोमबारदेखि कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सेवा सुचनारु गरिने बताए ।

प्रजिअ ढकालले जिल्ला स्थ्ति सबै सरकारी कार्यालय, संस्थान, बैंक, वित्तिय संघ संस्थाले आफ्ना कर्मचारीलाई समयमै सुचना प्रवाह गरेर सेवा सुचारु गर्न निर्देशनात्मक अनुरोध गरिएको छ । प्रजिअ ढकालले जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राविधकरणले भारी बर्षाले वाढी, डुवान भुक्षयिकरण, कटान जस्ता प्राकृतिक विपद् निम्त्याउने सुचना जारी गरेपछि गृह मन्त्रालयले सम्भाव्य क्षति न्यूनिकरणका लागि दुई दिन देशभर सार्वजनिक विदा दिएको बताए । गत बर्ष ०८१ असार तेस्रो साता कञ्चनपुरको दोधाराचाँदनीमा ५७०मिलिटिर बर्षा भएर मानविय, भौतिक क्षति भएको थियो ।

ताजा समाचार