डिल्लीराज पन्त / कञ्चनपुर : भुमि पुत्रका रुपमा चिनिएका तराईका जिल्ला हरुमा वसोवास गर्ने विभिन्न लोक नृत्य, नाचगनको धनी थारु समुदायको बाहुल्यता रहेको गाउँमा सखियाको रौनक सुरु भएको छ ।वडादशैं र तिहारको चहलपहलसंगै कैलाली, कञ्चनपुरका थारु गाउँमा सखिया नाचको रौनक सुरु भएको हो । नेपालीहरुको महान चाड विजया दशमी तथा दिपावलीको उपलक्ष्यमा विभिन्न गाउँमा थारु युवतीले सखिया नाच नाच्न थालेका छन् । यो नाच विशेष गरेर दसैँ, दीपावलीमा नाच्ने गरिन्छ । सखिया नाचको सिजन यहि बेला हो । दसैँको अवसरमा सखिया नाच नाच्न सुरु भएसंगै थारु गाउँमा छुट्टै रौनक थपिएको छ । उसो त सखिया नाच थारुहरुको अटवारी पर्व देखिनै थारु गाँउहरुमा खेल्न सुरु हुने गरेपनी विशेष गरी भने नवमीको पुजा गरे संगै धुमधाम संग सखिया नाच नाच्ने चलन रहेको छ । सुरुमा भलमन्साको घरमा र पछि गएर गाउँका अन्य व्यक्तिको घरमा गएर सखिया नृत्य गर्ने गरीन्छ । थारु समुदायमा दसैँदेखि तिहारसम्म भगवान श्रीकृष्ण र रामायणका गाथा गाउदै निकै रमाइलो गरेर सखिया नाच नाच्ने गरिन्छ ।

गित सहित नाचेको भिडियो सखिया नाचमा युवतीहरू परम्परागत पोसाक र गरगहना लगाएर सामूहिक रूपमा नाच्ने र पुरुषहरूले मादल बजाउने गर्छन भने नाचको सुरूआत गर्नुअघि गुरुवाको आदेश अनुसार पूजा हुने गरेको छ। अष्टमीका दिन थारुहरुको घर घरमा पुजाका लागी चाहिने सामग्री तयार गर्ने र नवमीको दिन विशेष पुजा गरी वली दिने गरीन्छ ।आफ्ना कुल देवताको पुजा संगै पितृहरुको मोक्षका लागी भन्दै थारु समुदायले आफ्ना पितृहरुको श्राद्ध गर्ने चलन रहेको थारु महिला वताउनुहुन्छ । सिता देवी डगौंरा (थारु अगुवा महिला) सखिया नाच दसैंका बेला मात्रै होइन विभिन्न मेला महोत्सव तथा सास्कृतिक कार्यक्रममा समेत नाच्ने गर्दछन । नाचका बेला मादल वजाउने लाई मदरिया र नाच्ने युवतीलाई सखिया भन्ने गरीन्छ । थारु समुदायमा थुप्रैखालका संस्कृति झल्कने मौलीक भेष भुषा रहेको दसैँ दीपावलीमा थारु बस्तीमा सखिया नाचको रोनकता झनै बढ्ने भएकाले रमाउन पाएको भन्दै थारु युवती हरुले खुसी व्यक्त गरेपनी अहिलेका पछिल्लो समय युवा युवतीमा परम्परागत संस्कृतिलाई पछाडि छोड्रदै आधुनिकता तर्फ जान लागेको बताउदै थारु समुदायले चिन्ता व्यक्त गरेका छन ।

सखिया नाच मादलको तालमा युवतीले तालमा ताल मिलाएर सामूहिक रुपमा नाच्ने नृत्य हो । दसैँ, दीपावलीमा यो नाच विशेष गरेर साँझपख नाच्ने गरिन्छ । थारु समुदायमा महिलाले महिला साथीलाई ‘सखी’ भन्ने गर्दछन् । सखी सखी अर्थात साथी–साथी मिलेर नाच्ने नाच भएकोले यसलाई सखिया नाच भनिएको हो । पहिले पहिले एक महिना सम्म नाचिने सखिया नाच अहिले भने करिव एक साता सम्म मात्रै गाउघरतिर नृत्य गरेको पाईन्छ । उसो त भाद्र महिनामा पर्ने कृष्ण जन्माष्टमीका दिन देखि नै यो नाचको सुरुवात हुने भनिएपनी पछिल्लो समय थारु समुदायमा पनी कार्य व्यस्तता र युवा पुस्ता आधुनिकता तिर जादा सखिया नाच छोट्टीदै गएको भएपनी आफ्नो मौलिक संस्कृति जगेर्ना होस भन्दै गाउ घर तिर सखिया नाचको आयोजना गर्ने गरेको स्थानिय वताउछन । स्थानिय (थारु युवा, कञ्चनपुर) पछिल्लो समय युवा पुस्तामा सखिया नाचको मौलिकता झल्कीने खालका नृत्यहरु हराउदै गएको पाईन्छ । मौलीक, सास्कृतिक र सामरीक महत्व वोक्ने परम्परालाई जगेर्ना गर्न सरकारले समेत अल्पसंख्यक समुदायलाई थप उत्साह दिन पहल थाल्नुका साथै यस्ताखाले परम्परालाई युवा पुस्तामा हरुतान्तरण गर्नु जरुरी देखिन्छ । कञ्चनपुर वाट डिल्लीराज पन्तको रिर्पोट

